सरकारी पक्षबाट भएका बमबारीमा बालबालिकासहित १४ सर्वसाधारणको हत्या
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ०:९:५९
काठमाडौं । उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् । सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको हत्या भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ ।
शुक्रबार राती अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआवद्ध मानव अधिकार समूहले जानकारी दिएको छ ।
सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो । रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो ।
केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्ध अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूहहरु पनि हाबी हुदै गयो । सिरिया सन् २०११ देखि हालसम्म जारी यस गृहयुद्धमा ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ ।
त्यसैगरी यसमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने, लार्खौ आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन यापन गरिरहेका छन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार