प्यालेस्टाइनी र इजरायलीबीच झडप हुँदा ४० जना घाइते
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ०:१७:४२
काठमाडौं । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् । इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले प्रदर्शन गरेपछि इजरायली सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका थिए ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्राफ अल क्वेद्राले ४० जना घाइते भएका र ती मध्ये २२ जनालाई गोली लागेको जानकारी दिएका छन् ।
गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले लामोसमयदेखि प्रदर्शन गर्दै आएका छन् भने, इजरायली सुरक्षाकर्मीहरुले त्यसलाई नियन्त्रण गर्ने तथा हस्तक्षेप गर्ने गर्दै आएका छन् ।
प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार प्रदर्शनकारीहरुले प्यालेस्टाइनी झण्डा देखाउदै विभिन्न नारा लगाएका थिए ।
प्रदर्शनमा झण्डै पाँच हजार प्यालेस्टाइनीहरु सहभागी भएको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न सुरक्षाकर्मीहरुले दर्जनौ पटक अश्रुग्यास प्रहार गरेका थिए । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार