लिबियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ०:२१:५२
काठमाडौं । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।
राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ । सो आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । ती मध्ये छ जना बालबालिका रहेका छन् ।
घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लुएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताए ।
राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएकोे हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो ।
लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी घाइते भएका पनि डब्लुएचओले जनाएको छ । त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झण्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार