अध्यक्ष कै छोराले अनुचित काम गर्न दवाव दिएपछि गापा सचिव गायव
इन्द्र रिजाल
असार २४, २०७६ बुधबार ०:२४:३९
स्याङ्जा । विरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले मंगलबार ३ घण्टा प्रशासनिक काम रोकेका छन् । प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यलाई गाउँपालिकाकै कर्मचारी राजन पोख्रेलले दवावमा अनुचित फाईलको काम गर्न धम्काएपछि उनले प्रशासनिक काम रोकेका हुन् । पोख्रेल गाँउपालिका प्रमुख चुनप्रसाद शर्माका छोरा हुन् ।
कसरी काममा फर्कनु भयो भन्ने जिज्ञासामा आचार्यले भने,“कर्मचारी पोख्रेललाई जागिरबाट बरखास्त गर्ने सहमति भएपछि फर्केको हुँ ।” कस्तो फाईलमा तपाईलाई दवाव आएको हो भन्ने प्रश्नमा आचार्यले भने यस्ता कामहरु पटक पटक हुदै आएका थिए ,कुन काम भनेर भनु । त्यो विषय भने आचार्य बोल्न मानेन् ।
शर्माका छोरा पोख्रेललाई कम्प्युटरमा काम गर्नेगरी एक बर्ष अगाडिदेखि जागिरमा लगाईएको थियो । पटक पटक पोख्रेलले प्रक्रिया नपु¥याई कागजी विकासका फाईल ल्याएर दवाव दिदै काम गराउदै आएको बताइएको छ । मंगलवार पनि उस्तै प्रकृतिको फाईल माथि काम गर्न दवाव दिएपछि आचार्यले कार्यकक्षको कुर्सी छाडेर बाहिरिएका थिए ।
आर्थिक बर्ष सकिदै गर्दा कार्यालयमा उपभोक्ताको विकास बजेट फरर्छौट गर्ने घुँईचो लागेका बेला प्रमुख प्रशासकिय अधिकृतले काम रोकेपछि विषय बाहिर आएको हो । आचार्य कार्यालय छाडेर बस्ने क्वाटरमा गएपछि दर्जनौं उपभोक्ताको काम समेत अवरुद्ध भएको थियो । प्रमुख प्रशासकिय अधिकृत आचार्यले अनाधिकृत फाईलमाथि काम गर्न दवाव दिएकाले काम रोक्न बाध्य भएको बताएका छन् । पछि गाँउपालिका अध्यक्ष शर्माले आचार्यसँग छलफल गरी कार्यालयको काम अगाडि बढाएको बताइएको छ ।
कसरी काममा फर्कनु भयो भन्ने जिज्ञासामा आचार्यले भने,“कर्मचारी पोख्रेललाई जागिरबाट बरखास्त गर्ने सहमति भएपछि फर्केको हुँ ।” कस्तो फाईलमा तपाईलाई दवाव आएको हो भन्ने प्रश्नमा आचार्यले भने यस्ता कामहरु पटक पटक हुदै आएका थिए ,कुन काम भनेर भनु । त्यो विषय भने आचार्य बोल्न मानेन् ।
यता गाँउपालिका प्रमुख शर्माले म कार्यक्रममा बाहिर गएका बेला घट्ना घटेको बताए । प्रमुख प्रशासकिय अधिकृतसहित बसेको छलफलबाट काममा फर्कने सहजता मिलाएको शर्माले बताए । (छोरा) कर्मचारी घर गएकोले सबै घट्ना बुझ्न पाएको छैन, अध्यक्ष शर्माले भने,“कर्मचारीबाट गल्ती भएको ठहरिएमा आवश्यकता अनुसार बरखास्त गरिनेछ ।” जनताको काम हुनुपर्छ भन्ने हो तर प्रक्रिया नपु¥याई दवाव दिन भने नहुने जिकिर अध्यक्षको छ ।
अध्यक्षकै छोराबाट प्रक्रिया नै नमिलाई फाईल अगाडि बढाउन दवाव दिनुले गाँउपालिकामा कत्तिको पारर्दशिता अनुसार काम भएको छ भन्ने विषयमा शंका उव्जिएको स्थानीयको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार