डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण, आकस्मिक बाहेकका सेवा बन्द !
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १५:२४:४५
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ ।
यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो ।
बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।
प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याएको थियो ।चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् ।
साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार