सानिमा लाईफ शेयर प्रभु क्यापीटलले बेच्ने
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार १७:५९:२९
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लि. र प्रभु क्यापीटल लि. बीच मिति २०७६ आसार २५ गते सम्झौता भएको छ । सानिमा लाईफ इन्स्योरेन्सको सर्व शाधारणको लागी छुटयाइएको शेयर सार्वजनिक निश्काशन गर्ने सम्वन्धि संझौत भएको छ । सानिमा लाईफ इन्स्योरेन्स लि.को प्रधान कार्यलय, कमलादीमा आयोजीत एक कार्यक्रमकाबीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा क्यापीटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सो संझौतामा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रमा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी., मुख्य प्रबन्धक गणेश चौलागाईं, प्रमुख वित्त अधिकृत आर्यक रञ्जन बरालक तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थीति रहेको थियो । संझौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने रु ६० करोड रकम बराबरको शेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ । हाल कम्पनीको चुक्ता पुजी १ अर्व ४० करोड रहेकोमा उक्त रकम बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी नियमनकारी निकाय बीमा समितिले तोकेबमोजीम रु २ अर्व पुग्ने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार