झरी संगै नेविसंघको सरकार विरोधी आन्दोलन,बिरोधका कार्यक्रम जारी रहन्छ:नेता पाण्डे
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार २१:५४:५४
काठमाडौँ । नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध चरणबद्द रुपमा आन्दोलन गर्दै आएको छ । आन्दोलनको पुर्व निर्धारित कार्यतालिका बमोजिम शुक्रवार अविरल वर्षा संगै माइतीघर मण्डलामा भेला भएका संघका नेता, कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
नेविसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा भेला भएका विद्यार्थीहरुले झरिको पर्वाह नगरी सरकारको विरुद्ध उत्रिएको हो । “बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन” जस्ता नारा लगाउदैँ नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् ।
सरकारले चालेको गलत कदमको विरुद्ध सडकमा उत्रिने नेविसंघको यो नाराबाजी भने अन्य प्रदर्शन भन्दा पृथक रहेको छ । कसैले छाता त कसैले रेनकोट ओडेर सरकारको बिरोध गरिरहेको छन् । हामिलाई न झरिको पर्वाह छ न त बिदेशिको ईसारामा चल्ने ओलि सरकारको नै, हाम्रो सरोकार तिन करोड नेपालीको स्वास्थ्य हो, नेवि संघ पुर्व केन्द्रिय सदस्य युवराज पाण्डेले भने ।
बिदेशबाट आयात गरिने फलफुल तरकारीको बिषादी परिक्षण नगर्ने सरकारी निर्णय आपत्तिजनक छ उक्त निर्णय सच्याउन सरकारसंग जोडदार माग गछौँ, उनले भने । बिरोधका कार्यक्रम जारी रहन्छ, नेता पाण्डेले नेपाल बहस संग भने । संघका नेताहरूले शनिबारबाट नयाँ ढंगले दोस्रो चरणको आन्दोलन थाल्ने बताइएकोछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार