लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार १५:५२:१
काठमाडौं । सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तकृया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ’, उनले भने । नेपाल प्रहरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाइ थियो ।
महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानूनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ,’ उनले भने ।
टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानूनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सुझाव दिए । खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताए ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट जिया केसी, अस्मिता श्रेष्ठ, अनिशा सुवेदी, सुनिता लामालगायतले आफ्नो समुदाय प्रहरी र समाजबाट अपहेलित हुनुपरेको बताउँदै आफूहरु सम्मानित भएर बाँच्न चाहेको बताएका थिए ।
समाजका अध्यक्ष पिङ्की गुरुङका अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक र हितका लागि काम गर्दै आएको निलहिरा समाजले देशभरका २७ जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
मंसिरदेखि सम्पर्कविहीन १५ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
माघ १०, २०८१ बिहिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
असनमा आगलागीबाट रु ३५ लाखको क्षति
माघ १०, २०८१ बिहिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
सभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार