चितवनमा असारमा मात्रै ४० प्रतिशत पूँजीगत खर्च
इन्द्र रिजाल
साउन २, २०७६ बिहिबार १९:३२:६
चितवन । आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । जसका कारण गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ ।
जिल्लामा गत आर्थिक वर्षका ११ महीनाको हाराहारी नै असारमा मात्र पूँजीगत खर्च निकासा भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारी अनुसार पूँजीगततर्फ संघको ३४ प्रतिशत र प्रदेशको ५७ प्रतिशत बजेट असारमा निकासा भएको छ । समग्रमा हेर्दा असारमा खर्च भएको रकम ४० दशमलव ३८ प्रतिशत हुन आउँछ ।
कार्यालयका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार गत आर्थिक वर्षमा पूँजीगततर्फ सङ्घको रु तीन अर्ब ५१ करोड २१ लाख २७ हजार खर्च भएकोमध्ये रु एक अर्ब २२ करोड ६४ लाख ४२ हजार असारमा खर्च भएको छ । प्रदेशतर्फको कूल खर्च रु एक अर्ब १५ करोड ४७ लाख १४ हजारमध्ये रु ६५ करोड ८३ लाख ४६ हजार असारमा मात्र खर्च भएको छ ।
जिल्लामा गत आर्थिक वर्षमा ८४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयले दिएको जानकारीअनुसार पूँजीगत खर्चतर्फ ६९ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ भने चालूतर्फ ९५ दशमलव २२ प्रतिशत खर्च भएको छ । जिल्लामा समग्रमा रु १६ अर्ब ७७ करोड ७८ लाख ३० हजार ८३२ विनियोजित भएको थियो । सङ्घ र प्रदेश सरकारकोतर्फबाट विनियोजित रकमको रु १४ अर्ब २३ करोड ४३ लाख छ हजार २७१ मात्र खर्च भएको छ ।
यो रकममध्ये पूँजीगत खर्चका लागि रु छ अर्ब ७२ करोड ९५ लाख ८८ हजार ९२ निकासा भएको थियो । जसमध्ये रु चार अर्ब ६६ करोड ६८ लाख ४१ हजार ९३३ खर्च भएको हो ।
जिल्लामा सङ्घीय सरकारबाट पूँजीगत र चालू खर्च रु १४ अर्ब ५४ करोड ३५ लाख २१ हजार २४० विनियोजन भएकामा रु १२ अर्ब ७३ करोड ४४ लाख १२ हजार ८४३ खर्च भएको थियो । यस्तै प्रदेश सरकारबाट निकासा भएको रु दुई अर्ब २३ करोड ४३ लाख नौ हजार ५९२ मध्ये रु एक अर्ब ४९ करोड ९८ लाख ९३ हजार ४२८ मात्र खर्च भएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ
पुष २१, २०८१ आइतबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार