सिटिजन बैंकको नाफा २० प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात १ प्रतिशत मात्रै !
नेपालबहस संवाददाता
साउन ५, २०७६ आइतबार १९:३२:४७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४८ करोड ८४ लाख २४ हजार चार सय छैसाठ्ठी रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको उक्त मुनाफा रकम अघिल्लो वर्षको भन्दा २०.६० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र मुनाफा कमाएको थियो ।
बैंकले खुद मुनाफा, प्रतिशेयर आम्दानी, खुद ब्याज आम्दानीलगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । सिटिजन्सको चुक्ता पुँजी ४.२० प्रतिशतले बढ्दा रिजर्भ कोषमा भने २.५१ प्रतिशत गिरावट आएको छ । तर सञ्चित मुनाफा भने ८५८.८५ प्रतिशते ले धेरै भएको छ ।
७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेको बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले ५० करोड २८ लाख रुपैयाँ फि, कमिसनबाट मात्रै आर्जन गरेको छ।
बैंकले ३.८४ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको जनाएको छ। जबकी राष्ट्र बैंकले साढे चार प्रतिशतसम्म काम गर्न छुट दिएको छ। बैंकको पूँजी कोष अनुपात १३ प्रतशितमाथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतको हाराहारीमा छ ।
बैंकको आधार दर भने केही महँगो छ। बैंकको आधार दर १०.५२ प्रतिशत छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा, मुल्य आम्दानी अनुपात १२ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८७ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार