माछापुच्छ्रेले ऋण लगानी र निक्षेप संकलनमा छलाङ मार्दा नाफामा ३६ प्रतिशतको कमाल, खराब कर्जा ०.३७ प्रतिशत
नेपालबहस संवाददाता
साउन ५, २०७६ आइतबार २२:४:५९
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको तुलनामा ३६.३२ प्रतिशतले आफ्नो नाफा बढाएको छ। बैंकले चालुआर्थिक वर्षको अन्तिम चौमाससम्म आइपुग्दा एक अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो बर्ष बैंकले एक अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो।
बैंकले खुद व्याज आम्दानी २९ प्रतिशतले बढाएर तीन अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी दुई अर्ब ७३ करोड रुपैयाँमात्र थियो।
बैंकको निक्षेप संकलन १७.५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५.६९ प्रतिशतले बढाएको छ। बैंकले एक वर्षमा ८५ अर्ब १९ करोड रुपैया निक्षेप संकलन गरि ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष बैंकले ७५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ६५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।
खराव कर्जा ०.४४ प्रतिशतबाट ०.३७ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि ११.०६ प्रतिशतबाट १०.३७ प्रतिशतमा झार्न सफल भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार बैंकले स्प्रेडदर ४.५ प्रतिशतभन्दा तल झारेको छ। स्प्रेडदर ४.७५ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको हो।
बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा, मुल्य आम्दानी अनुपात १३.६५ प्रतिशत र प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार