पाकिस्तानले अफगानी सीमामा बार लगाउने

६ असार, काठमाडौं । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ । मङ्गलबार सेनाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खाइबर क्षेत्रमा बार लगाइने बताइएको छ । उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याई छ । थप पढ्नुहोस्