महिला सहभागिताले न्याय क्षेत्र उत्साहित छः श्रेष्ठ
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १२:३९:३३
९ चैत, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्व मानव अधिकार र न्यायका मूल्य मान्यता, आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धतासमेत रहेको बताए । उनले न्याय क्षेत्रमा महिलाहरूको सारभूत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने बताए ।
श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभई मानवअधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धता रहेको बताए । उनले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गर्ने बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति आफैँमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्तिबिरुद्धको बलियो प्रमाण भएको बताए । श्रेष्ठले कानुन व्यवसायमा महिला कानुन व्यवसायीको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएको बताए । कानुन विषयको अध्ययन गर्ने महिलाहरूको संख्या पछिल्लो समयमा उत्साहवद्र्धक रहेको बताए । उनले सबैको प्रयास र प्रतिवद्धताबाट नै न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन हुनु नागरिकको चाहना रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार
लगानीकर्ताको स्वागतमा काठमाडौं
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन आइतबारदेखि सुरु, ५५ देशका लगानीकर्ता आउँदै
बैशाख १५, २०८१ शनिबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार
आचारसंहिता उलंघन गरेका मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग
बैशाख १५, २०८१ शनिबार