विश्वराजले दर्ज्यानी चिन्ह थाप्दै गर्दा मातहतका प्रहरीले दिए लामो रिपोर्ट
इन्द्र रिजाल
बैशाख २९, २०७६ सोमबार ०:१२:३४
काठमाडौं । प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले आज दर्ज्यानी चिह्न लगाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आज आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम, २७ को उपनियम, ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७६ वैशाख २७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वाबस, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ–आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिए ।
प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उनले भने, “मूलभूत रुपमा संगठन गतिशिल हुनैपर्छ ।”
नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्वा्स, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गरे । सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उनले भने, “संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।”
राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उनले हरेक व्यावसायिक काम इमानदारिताकासाथ ढुक्क भएर काम गर्नुपर्ने बताए । मानव अधिकार संरक्षण र प्रवर्द्धनमा विशेष चासो दिएर काम गर्न उनले निर्देशन समेत दिए ।
नेपाल प्रहरीले विगतमा अवलम्बन गरेका केही कार्यक्रमहरुलाई समेत एकिकृत गर्दै संस्थागत रुपमा लैजान समुदाय-प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन यसको अवधारणा पूर्ण पालना गरी काम गर्नुपर्ने उनले बताए । सूचना प्रविधिको समुचित प्रयोग गर्दै सुशासन कायम गर्नका लागि सकारात्मक परिवर्तन आउने गरी हरेक कामको उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाकासाथ प्रहरी महानिरीक्षकज्यूले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै यसलाई संस्थागत रुपमा विकास गर्नुपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
विभिन्न स्रोतबाट नेपाल बहसलाई प्राप्त प्रहरी रिपोर्ट :
सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान २०७६ शुभारम्भ
समुदाय–प्रहरी साझेदारी आवधारणा अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान २०७६ को सोमबार शुभारम्भ भएको छ । निजामती कर्मचारी अस्पतालको प्राङगणमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा. बासुदेव त्रिपाठीले उक्त कार्यक्रमको शुभारम्भ गरे ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक सुवेदीले सबै नागरिकको चाहना, सभ्य र सुरक्षित समाज रहेको चर्चा गर्दै वर्तमान अवस्थामा समाजिक विकृतिबाट सिर्जित अपराधको बढोत्तरी भएकोले यस्ता अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी सदैव सक्रिय भइरहेको बताए ।
कार्यक्रममा सिभिल अस्पतालका डाईरेक्टर प्रा.डा. दीर्घराज आरसीले स्वागत मन्तव्य व्यक्त गर्दै सूर्तिजन्य पदार्थ जस्ता विसंगतीहरुलाई न्यूनिकरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
सो अवसरमा प्रदेश नम्बर ३ का सांसद दिपेन्द्र श्रेष्ठ, काठमाडौं वडा नम्बर १० का अध्यक्ष रामकुमार सुबेदी, काठमाडौं वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा. बासुदेव त्रिपाठीले समेतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा समुदाय प्रहरी निजामति कर्मचारी अस्पताल समितिका पदाधिकारीहरु, समुदायिक सेवा केन्द्रका सदस्यहरु, जनप्रतिनिधिहरु , स्थानीय बासिन्दा, विभिन्न विद्यालय विद्यार्थीहरु, नगर प्रहरी तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेका थियो ।
हत्या गरी फरार व्यक्ति ९ वर्षपछि पक्राउ
हत्या गरी फरार प्रतिवादी ललितपुर माहानगरपालिका–२, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका–२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
२०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक, धुलिखेल पठाइएको सो ब्यूरोले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० आनन्द टोल बस्ने हेनिश शाहीको घरबाट लागूऔषध ब्राउन सुगर तथा अन्य सामानहरु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शाहीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तलासी गर्दा करिब ५ ग्राम लागूऔषध ब्राउन सुगर प्लास्टिकमा बेरिएको अवस्थामा र खरानीमा ब्राउन सुगर मिलाई कागजमा बेरिएको अवस्थामा करिब २.३० ग्राम, मोबाइल ४ थान, ना.२० प ६१ नम्बरको मोटरसाइकल, फलामको तरवार १ थान र कैची १ थान फेला पारी सोही ठाउँ न्युरेनी बस्ने २६ वर्षीय मोहमद शहिद मिया समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा मोहमद शहिदले एक पुरिया ब्राउन सुगर निलेकोले निजको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने धातुको बाला २ थान सहित पक्राउ
ओमान एयरको उडानद्वारा अबुदाबीबाट काठमाडौं आएका तनहुँ व्यास नगरपालिका–१० घर भई बस्ने २५ वर्षीय सागर दराईलाई सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला २ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानतर्फको आगमन पार्किङ एरियामा जाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको अवस्थामा उक्त धातु सहित फेला पारी दराईलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ
सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा सवारी साधन जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्ने सोही ठाउँस्थित शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं महानगरपालिका १ मैत्रीनगर डेरा गरी बस्ने पर्सा, बीरगंज घर भएका ३० वर्षीय श्याम कुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका–१५ का ४१ वर्षीय नवराज विश्वकर्मा समेत ५ जनालाई ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौ महानगरपालिका ९ सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा–७ बस्ने ५७ वर्षीय शिव थापा समेत ९ जनालाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्वसरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तारा इँटाभट्टामा बस्ने सल्यान शारदा नगरपालिका–२ की ९ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा सोही इँटाभट्टामा बस्ने रोल्पाका ४३ वर्षीय कमल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–८ भातेढिकुरमा चांगुनारायण नगरपालिका(१ दुवाकोट बस्ने नुवाकोट दानसिंह गाउँपालिका–३ की १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–१ दुवाकोट बस्ने बर्दिया, वैदी नगरपालिका–१० का आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करिब ५ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु
करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । शनिबार १३स्३० बजेदेखि साँझ १८स्३० बजेसम्मको सो अवधिमा दाङ, रुकुम पश्चिम, सर्लाही र स्याङजामा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये दाङ तुलसीपुर उपमहानगरपलिका–७ पर्सेनीचोकस्थित सकडमा रा.३ प ६९२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही ११ डाँडागाउँ बस्ने २१ वर्षीय जुगराम चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार घोराही–१५ परूवा बस्ने २० वर्षीया अम्बिका चौधरीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
साथै रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–६ भण्डारीकांडास्थित सडकमा लु.१ च ७५१४ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार त्रिबेणी गाउँपालिका–७ मुरु बस्ने ४२ वर्षीय लिल बहादुर बाठाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सिस्ने गाउँपालिका–२ प्वाङ बस्ने ३७ वर्षीय तिलक खड्काको जिल्ला अस्पताल सल्ले हुँदै थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ ।
यसैगरी सर्लाही बिष्णु गाउँपालिका–४ बिश्वनाथपुरस्थित सडकमा बीआर ३० यच ९४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया बबिता महतोलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटैमै मृत्यु भएको छ । मोटरसाइकल चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी स्याङजा वालिङ नगरपालिका–१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ग.३ प ५५७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भिरकोट नगरपालिका–२ नयाँबजार बस्ने ४३ वर्षीय झल बहादुर गुरूङको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।
आगलागीबाट करिब १ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट
करिब १४ घण्टाको अवधिमा देशका ९ स्थानमा आगलागी हुँदा १ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शनिबार १४ः०० बजेदेखि आइतबार ४ः०० सम्मको सो अवधिमा बर्दिया, अर्घाखाँची, भक्तपुर, प्युठान, दाङ, कपिलवस्तु र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।
आगलागीका घटनामा भएको उक्त क्षतिमध्ये बर्दिया गुलरिया नगरपालिका–१० झगडु पुरुवागाउँ मजिदियाघाटस्थित रमन स्काई कन्ट्रक्सन प्रालिका कामदारले तरकारी पकाउने क्रममा ३ वटा त्रिपालले बनेको घरमा आगलागी हुँदा करिब २ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी बर्दिया बारबर्दिया नगरपालिका–६ जयपुर बस्ने सुधनी थारुको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा घर जलेर करिब ३ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ हाडीखान बस्ने छविलाल बिकको घरमा आगलागी भई उक्त आगो सोही ठाउँ बस्ने चन्द्र बहादुर बिकको गोठमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ जलेर करिब ८ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भऐको छ ।
यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका–५ गैडागाउँ बस्ने ५० वर्षीय बिष्णु भक्त दथेपुथेको टहरामा आगलागी हुँदा टहरा र नगद १ लाख रुपैयाँ समेत जलेर करिब ९ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्युठान गौमुखी गाउँपालिका–४ मस्तथान उनीचौर बस्ने हरि बहादुर केसीको गोठमा आगलागी हुँदा करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दाङ राप्ती गाउँपालिका–५ चित्रकोट लोसे बस्ने ७० वर्षीय नबराज थापा मगरको घरमा आगलागी हुँदा उक्त आगो २ वटा गोठमा समेत फैलिएर घर र २ वटा गोठ समेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भऐको छ । साथै दाङ घोराही उपमहानगरपालिका–५ बसन्तपुर बस्ने मान बहादुर चौधरीको घरमा आगलागी हुँदा घर र नगद १ लाख ५० हजार रुपैयाँ समेत जलेर करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु बाणगंगा नगरपालिका–१ बैरियास्थित कैष्ण बहादुर सुनारको घरमा आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै सप्तरी खड्क नगरपालिका–७ बस्ने सत्य नारायण अग्रवालको घरमा रहेको बस्त्रालयको सटरभित्र पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा घर, नगद र लत्ताकपडा समेत जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानमा आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।
डुबेर मृत्यु
कैलाली, लम्की चुहा नगरपालिका–७ रोडा नदीमा नुहाउने क्रममा डुबेर सोही स्थान बस्ने ११ वर्षीय समीर चौधरी र ११ वर्षीय सुदिप चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरुको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, औरही गाउँपालिका–३ स्थित माछा पोखरीमा डुबेर सोही स्थान बस्ने देव प्रसाद यादवको ६ वर्षीय छोरा प्रविन कुमार यादवको शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउन क्रममा उक्त पोखरीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
मेघाङ गाउँपालिका–४ डिगाँउ बस्ने ६८ वर्षीय निङ तामाङको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
नुवाकोट, ककनी गाउँपालिका–१ बंगजा टोल बस्ने २६ वर्षीय अनिल बलामीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि ग्रिनसिटी अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रोल्पा, सुनिलस्मृति गाउँपालिका(२ हरिगाउँस्थित माडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही स्थान बस्ने २८ वर्षीय बसन्त पुनमगरको शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार