मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयरको उपाधि बिमला र धुर्बलाइ
नेपालबहस संवाददाता
मंसिर २१, २०७७ आइतबार २१:९:४
२१ मंसिर, काठमाडौं । युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् ।
त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन सफल भएका थिए।
प्रतियोगिताका बिजेताहरुले क्राउनको साथमा अस्ट्रेलिया पढ्नको लागि छात्रवृति, फ्लाइट टिकेट, आईल्ट्स, टोफेल्सको फ्री कोर्स, विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरुमा अभिनय गर्न पाउने कुरा अध्यक्ष रबि लामाले जानकारी गराएका छन्।
‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को निर्णायकहरु बेटर ग्यालेक्सीका सीईओ धिरज तन्डुकार, स्वस्तिका राजभण्डारी, सुष्मा अधिकारि र मोडल दिपक घिमिरे रहेका थिए । ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को प्रमुख अतिथिमा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राइ थिए ।
‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’ सिजन-२ का प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट,रक्तदान कार्यक्रम, निशुल्क पानि तथा खाना बितरण,अनाथ बालबालिकालाई सहयोग गर्ने सामाजिक कार्यमा समेत सहभागी गराईएको थियो।त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी गराइएको जानकारी युथ क्रियसन नेपालका अध्यक्ष रबि लामा गराए। कार्यक्रमको कोरियोग्राफी तथा संचालन अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
मिर्गौला रोगीहरूका लागि निःशुल्क डायलाइसिस सेवा वरदान
मंसिर १९, २०८१ बुधबार