स्पर्श हस्पिटलमा उपचारका लागि आएकी महिला बलात्कृत, कर्मचारी पक्राउ
आबिद हुसेन
कात्तिक १२, २०७९ शनिबार १९:३:५१
१२ कात्तिक, बीरगञ्ज । बीरगञ्जमा उपचारका लागि आएकी एक महिला अस्पतालमै बलात्कृत भएकी छिन् । बीरगञ्जको गण्डक नजिक बाइपास सडकखण्डमा रहेको स्पर्श मल्टी स्पेशालिटी हस्पिटलमा उपचारका लागि आएकी महिला अस्पतालमै कार्यरत कर्मचारीबाट बलात्कृत भएकी हुन् ।
हाडसम्बन्धी उपचारका लागि अस्पतालमा उपचाररत महिलालाई अस्पतालमै कार्यरत कर्मचारीले आर्थिक प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ । बलात्कृत महिलाले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न अस्पतालमा कार्यरत आकाश मण्डललाई अस्पतालबाटै पक्राउ गरेको छ ।
मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । महिलाको अहिले पनि अस्पतालको एचडीयू डिपार्टमा उपचार चलिरहेको बताइएको छ ।
यता अस्पतालका सञ्चालक महेश्वर कुर्मी भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । अहिले आफू चुनाव प्रचारप्रसारमा रहेकाले यसबारेमा आफूलाई जानकारी नभएको उनको भनाई छ । सञ्चालक कुर्मीको श्रीमती डा. मधु गुप्ता पर्साको क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेद्वार छिन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार