मानव बेचबिखनमा नयाँ शैली अपनाउँदा उद्धार गर्न समस्या !
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार २०:०:२८
वीरेन्द्रनगर । मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ ।
अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागी मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा अधिवक्ता एवं मानव अधिकारकर्मी गीता कोइरालाले दलालहरुले बेचबिखनको नयाँ शैली अपनाउँदा उद्धार गर्न समस्या भएको बताए ।
“बेचबिखनमा संलग्न दलालहरुले अभावग्रस्त ठाउँ तथा गरिबीलाई हेर्दछन्”, उनले भने “त्यसैगरी व्यक्ति, उसको स्वभाव र उमेर सबै बानीव्यहोरा हेरेर आफ्ना काम अघि बढाउँछन् ।”
आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले पछिल्लो समय देशबाहिर भन्दा पनि आन्तरिक बेचबिखन बढिरहेको बताए । बेचबिखनमा परेको व्यक्तिलाई नै आफू बेचिएको थाहा नहुने शाहीले बताए । उनका अनुसार उजुरी गर्न पीडित पक्ष नै नआउने गरेको उनको भनाइ थियो ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सुर्खेत मानवबेचबिखनको हिसाबले जोखिम रहेको बताए । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन र तथ्याङ्कअनुसार कर्णाली प्रदेशको १० जिल्लामध्ये सुर्खेत जोखिममा रहेको बताए ।
माइती नेपालले गरेको अध्ययनअनुसार सन् २०१८ मा जोखिमपूर्ण यात्राबाट ९०२ जनाको उद्धार गरेकामध्ये ३०६ जना कर्णाली प्रदेशका रहेका छन् । प्रदेशभित्र ११० जना सुर्खेत जिल्लाका रहेका छन् ।
इन्सेकका प्रदेश संयोजक सुवेदीका अनुसार बालविवाह, गरिबी, बेरोजगार र महिला हिंसाका कारण बेचबिखनका घटना हुने गरेको बताए । पछिल्लो समय कीर्ते मायाजाल र विवाह तथा पढाउने, गरगहना किन्ने जस्ता आश्वासन देखाएर पनि मानव बेचबिखन हुने गरेको पाइएको उनको भनाइ थियो ।
गरिबी न्यूनीकरण तथा आर्थिक सबलीकरण गराएमा मानव बेचबिखनको अन्त्य हुनसक्ने उनको भनाइ थियो । कार्यक्रममा न्यायमा पहुँच कार्यक्रमका कानूनी सल्लाहकार चङ्ख सावदले मानव बेचबिखन भएमा जसले पनि उजुरी गर्नसक्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरञ्जन शर्माले दलालले नयाँ शैली अपनाउँदा र पीडितले बयान फेर्दा प्रहरीलाई अनुसन्धान गर्न अप्ठेरो परेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार