परम्परागत ढिक्की लोप हुँदै
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १९:१२:२२
कुसुम बिश्वकर्मा
काठमाडौं । परम्परागत तरिकाले विभिन्न खाद्यान्न कुट्ने र पिस्ने गरिएको ढिक्की लोप हुदै गएको छ । आधुनिक प्रविधिको विकास र मेसिनरी सामानको कारण ढिक्की संकटमा परेको हो ।
अहिले गाउघरमा मात्र सिमित भएको ढिक्कीलाई शहरबजारका मानिसहरुले चिन्न समेत छाडेका छन् । ढिक्की तथा जातो बनाउन चाहिने कच्चा सामाग्रीको अभावले समेत यसको प्रयोगमा कमि आएको बुढापाका बताउछन् ।
ढिक्की बनाउदा विषेश गरि काठ चाहिने भएकाले वन विनास हुने डर समेत हुने भएकाले अहिले यस्ता सामाग्री देखिन छाडेका छन् । अहिलेको युग प्रविधि र संचारको युग हो। यस युगमा सबै कामहरु उन्नत प्रविधिमार्फत गर्ने गरिन्छ । जसले गर्दा परम्परागत बस्तुहरु ओझेलमा पदैं गएका छन् ।
यसको पछिल्लो उदाहरण ढिक्कीलाई लिन सकिन्छ । जातो भने ढुडगाबाट बनाइन्छ । करिव साढे एक दशकदेखि ढिक्कीको प्रयोग गर्दै आएका बर्दिया ठाकुरबाबानगरपालिकाका ६ का मखुराम थारु भन्छन । गाउमा आजभोलि ढिक्कीको चलन हराउदै जान थालेको छ ।
नेपालबहससग कुराकानी गर्दै उनले भने, गाउघरमा जताततै विद्युतको प्रयोग हुन थालेपछि मिलहरुको स्थापना भयो । मिलको स्थापना भएसंगै ढिक्कीको प्रयोगमा कमि आएको छ ।
उनी भन्छन, हाम्रो जिवनमा हामी एका बिहान उठेर एक दुई पाथी धान कुटने गर्थीम अनि बल्ल उज्यालो हुने गर्थियो अहिलेका त सारै अल्छी भए थोरै कुटाउन पनि मिलमा जान्छन् ।
कुराकानीकै क्रममा उनी भन्छन्, ढिक्की संकटमा परिरहेको छ यसलाई चिनाउन र संरक्षण गर्न स्थानिय निकाय,सरकार र संचार माध्यमले सहयोग गर्नुपर्छ । उता, ठाकुरबाबा नगरपालिका वडा नं ५ कि भविसरा सुनारले मेसिनरी प्रविधिबाट धान लगायतका खाने कुरा कुटाउदा स्वासिदलो नहुने बताउछिन् । उनी भन्छिन्,ढिक्कीबाट धान कुट्दा र जातोमा पिस्दा पनि खानेकुरा स्वादिलो हुने र बेफाइदा नहुने उनी बताउछिन् ।
उनले थपिन् ढिक्कीबाट खाद्यान्न कुट्दा खानाहरु स्वादिलो हुनुको साथै स्वास्थ्यको हिसाबले पनि उपयुतm हुन्छ । ढिक्कीमा बिशेष गरी धान, बेसार लगायतका खाने कुरा कुटिन्छ । भने जातोमा दाल, गहु पिसिन्छ । यता वडा नम्बर ६ तुल्सिपुरकी २५ बर्षिय बासमती चौधरीको अनुभव भने वेग्लै छ । आफुले विवाह अघिसम्म ढिक्की नदेखेको बताउने उनले विवाहपश्चात श्रीमानको घरमा मात्र ढिक्की देखेको बताउछिन् । उनले भनिन् पहिलो पटक ढिक्की देख्दा अचम्म लाग्यो ।
यसले कसरी धान ,चिउरा ,कुटला ? भन्ने विचार आएको थियो । यसमा सबै चिज कुटाउन मिल्छ । यसरी कुटेको देखेपछि मलाई अझैसम्म पनि अचम्म लाग्छ उनले सुनाइन् । ढिक्कीबारे अहिले कति पय युवाहरु ऋझै पनि अनविज्ञनै छन् । कतिपयलाई त यो कस्तो हुन्छ होला ? भन्ने जिज्ञाशा समेत छ ।
अहिले ढिक्कीको लोपसंगै ढिक्की बनाउने दक्ष जनशतिm समेतको अभाव हुदै गएको छ । अहिलेका शिक्षित युवाहरुलाई ढिक्की बनाउन त परै जाओस् नामै नसुनेका पनि प्रशश्त देखिन्छन् । ढिक्कीबाट चामल ,चिउरा,मसला इत्यादि पिस्दा स्वादिलो हुने यसका प्रयोगकर्ताहरु बताउछन् ।
करिव दश वर्षदेखि ढिक्कीको प्रयोग गदै आएकी गोमा खनालले भनिन ढिक्की विषेश गरि सेलरोटि, अर्नसा चिनीरोटी पकाउन उपयुतm हुन्छ । यसबाट कुट्दा खाने परिकार राम्रो हुनुको साथै स्वादिलो पनि हुन्छ । मिलमा पिठो पिस्दा रोटी भाचिन्छ तर ढिक्कीमा कुट्दा त्यस्तो समस्या हुदैन ।
परम्परादेखि चल्दै आएको ढिक्की संस्कृति अहिले आएर लोप हुनु भनेको हाम्रो मौलिक पराम्परागत सामाग्री नै हराउदै हराउदै जानु हो । आधुनिक र पाश्चात्य शैली अपनाउन सधै हतार गर्नै हामी आफनो मौलिक संस्कृति र परम्पराको रक्षा गर्न भने सधै पछाडि पर्ने गरेका छौ । यस्तो हाम्रो बानीबेहोराले हाम्रा भावी संन्ततीलाई भने पक्कै असर गर्ने गर्छ ।
हाम्रा भावी सन्ततीलाई हामीले यदि ढिक्की चिनाउने हो भने यसलाई गाँउमा मात्र केन्द्रित गर्नुहुदैन । यसलाई शहरतर्फ पनि विस्तार गरिनु पर्छ । अनि मात्र भावी सन्ततीले ढिक्की संस्कृती चिन्न र बृझ्न सक्छन् । नत्र ढिक्की एकादेशको कथा नहोला भन्न सकिदैन ।
ढिक्की हाम्रो संस्कार र परम्परा हो यसलाई सबै सरोकारवाला पक्ष र सिप भएका व्यतिmहरु मिलेर अगाडी बढाएमा नेपालीलाई विश्वस्तरमा अझ बढी विविधताले चिनाउन सकिन्थ्यो कि ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार