चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीशको आग्रह
नेपालबहस संवाददाता
साउन १६, २०७६ शुक्रबार १:३०:२०
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताएका छन्।
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताए ।
प्रधानन्यायाधीश राणाले भने, “विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै विद्वानको लेख आउँछ, त्यो इजलासमा पनि आइपुग्छ, ती लेख र समाचारले न्याय सम्पादनमा कही न कही असर पर्छ ।” न्यायालयले अक्षम्य हुने गरी काम गरेमा कहिले पनि सहयोग नगर्न उल्लेख गर्दै उनले न्यायालयलाई स्वतन्त्र र निष्पक्षरुपमा अगाडि बढाउन आग्रह समेत गरे ।
प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्ति गर्दा जुनजुन विचारबाट आएको भए पनि न्यायालयमा पसेपछि निष्पक्ष रुपमा न्यायसम्पादन हुने विश्वास व्यक्त गरेका थिए ।
संविधानले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्ने परिकल्पना गरेको हुनाले त्सोही अनुसार काम गर्न न्यायपालिका लागिरहेको र न्यायपालिकामाथि उठेका प्रश्नलाई पनि सम्बोधन हुने गरी काम गरिरहेको स्पष्ट पारे ।
सम्पादक युवराज घिमिरे, प्रतीक प्रधान, तीर्थ कोइराला, शिव गाउँले, प्रकाश रिमाल, डिल्ली आचार्य, सागर पण्डित, सुन्दर खनाललगायतले आम नागरिकको न्यायमा पहुँच हुनुपर्ने र सरल भाषामा छिटो न्याय दिनुपर्ने सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
देश युक्रेन र प्यालेस्टाइन बन्ने भो !
असार १३, २०८१ बिहिबार
सहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार