नगर विकास समितिका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार २२:११:२
कञ्चनपुर । भीमदत्तनगरस्थित विघटित महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा कार्यरत सात कर्मचारीले विगत १० महिनायता तलब पाएका छैनन् ।
विघटित नगरपालिका समितिका छ स्थायी र एक करारका कर्मचारीले तलब नपाएकोे गुनासो गरेका हुन् ।“नगर विकास समिति विघटन भएको पनि महिनौँ भइसक्यो”, विघटित नगर विकास समितिका सूचना अधिकृत पुष्पराज भट्टले भने, “हामीले गत कात्तिक महिनादेखि तलब खान पाएका छैनौँ ।”
उनले तलबका लागि प्रमुख जिल्ला अधिकारीदेखि शहरी विकास मन्त्रालयसम्म गुहार माग्दा पनि कुनै पहल नभएको बताए । विसं २०६७ यता गठन भएका नगर विकास समितिका नेतृत्वले बजार र आसपासका क्षेत्रमा भएको जग्गा लिजका नाममा प्रक्रिया नपु¥याई वितरण गरेको र व्यापक अनियमितता भएको गुनासो आएकाले शहरी विकास मन्त्रालयले पाँच वर्षअघि सो समितिको कामकाज रोक्का गरेको थियो ।
गत पुसमा मन्त्रिपरिषद्बारा उक्त समितिको अध्यक्षतामा स्थानीय तहका प्रमुख (भीमदत्त नगरपालिकाका प्रमुख) र सदस्य–सचिवमा कार्यकारी अधिकृत रहनुपर्ने व्यवस्था गरी गत फागुन २९ गते राजपत्रमा सूचना प्रकाशन गरेको सूचना अधिकृत भट्टले बताए । “राजपत्रमा सूचना प्रकाशित भइसक्दा पनि नगरपालिकाले विघटित नगर विकास समितिलाई लिने विषयमा कुनै पहल गरेको छैन”, भट्टले भने, “स्थानीय तहमा पनि हस्तान्तरण भएको भए हामीलाई पनि कामकाज गर्न सहज हुने थियो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार