फोहरमैला व्यवस्थापनका कर्मचारी घटाउँदै कामपा
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार २१:५०:७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर)को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो ।
महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको सहभागिता बढाउने योजना बनाइएको कामपाले जनाएको छ । अहिले कामपामा झण्डै २५ संस्थाले फोहरमैला सङ्कलनको काम गरिरहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । यी संस्था कामपामा दर्ता भने नभएको उनको भनाइ छ । उनले भने., “यी संस्थालाई दर्ता गरेर प्रक्रियामा ल्याई फोहरको जिम्मेवारी दिने योजना छ ।”
कामपामा अहिले झण्डै एक हजार दुई सय कुचिकार रहेकामा घटाउँदै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताए । फोहरमैला सङ्कलनकै लागि नयाँ कर्मचारी नथप्ने कामपाको योजना रहेको जनाइएको छ । त्यसो त पहिलेभन्दा अहिले फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घटिरहेको उनले बताए । उनले भने, “अरू काममा आकर्षण भए पनि फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घट्दै गइरहेको छ ।”
निजी घरबाट पैसा लिएर फोहर सङ्कलन गर्दै आएका संस्थाको कामपासँग समन्वय र सहकार्य बढाउन दर्ता प्रक्रियामा लान लागिएको कामपा, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको उनको भनाइ छ ।
अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेका छन् । उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको उनले बताए । उनले भने, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ ।”
महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन् । कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेका छन् भने कामपा आफैँले पनि फोहर वर्गीकरणका लागि विभिन्न कार्यक्रम शुरु गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
कामपाले कुहिने र नकुहिने फोहर फरकफरक गाडीमा सङ्कलन गर्ने योजना बनाएको छ । निजी संस्थाको स्थानीयवासीसँग सहकार्य भए पनि कामपासँग समन्वय नभएको उनले बताए। उनले भने “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।”
अहिले आफैँले इटलीबाट खरीद गरेका पाँच यान्त्रिक कुचो सञ्चालन गरिरहेकामा छिट्टै थप दुई यान्त्रिक कुचो पनि सञ्चालनमा ल्याउने तयारी गरेको कामपाले जनाएको छ । नयाँ यान्त्रिक कुचो सञ्चालनमा आएसँगै यहाँको यान्त्रिक कुचोले सफा गर्दै आएको मार्ग विस्तार हुने श्रेष्ठले बताए । यान्त्रिक कुचोमा रहेका चार वटा ब्रसले सफाइ गर्दै जाँदा कुचो लिएर सडक बढार्ने जनशक्ति कम चाहिने प्रवक्ता डङ्गोलले बताए । उनले भने, “फोहरमा जनशक्ति र लगानी दुवै कम गर्ने हामीले लक्ष्य लिएका छौँ ।”
कामपाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि कामपासँग आफ्नै २१ टिप्पर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । बढ्दो शहरीकरणसँगै उपत्यकामा उत्पादन हुने फोहरको परिमाण बढिरहेको छ । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरे डाँडामा ल्याण्डफिल साइट निर्माण शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरेडाँडामा विभिन्न पूर्वाधारसहित निर्माण शुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप११ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद
असार १०, २०८१ सोमबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना
असार ७, २०८१ शुक्रबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
फरार अभियुक्त झालाई पक्राउपछि बीर अस्पताल लगियो
असार १५, २०८१ शनिबार
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी 'करिडोर' अवरुद्ध
असार १५, २०८१ शनिबार
काठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने
असार १५, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा धान रोपाइँ
असार १५, २०८१ शनिबार
६ अर्ब रकम ठगेको आरोपमा पुल्चोकस्थित लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
असार १५, २०८१ शनिबार