लाखौँको धनमाल चोरी
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १६:५१:२७
बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिब्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ । पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो ।
राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसल सञ्चालक श्यामकिशोर साहले पाँच किलो चाँदीका तयारी गहना र रु ७५ हजार नगद चोरी भएको बताएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन्।
चोरले पसलको मुख्य सटर तोडेर भित्र पसे पनि मुख्यसेफ भने फोड्न नसक्दा सुन लान नसकेको ज्वेलर्स सञ्चालक साहको भनाइ छ । पसलभित्र प्रदर्शनीमा राखिएका चाँदीका गहना र नगदसहित रु पाँच लाखको धनमाल भने चोरले लगेका साहले बताए ।
बर्दिवास नगर क्षेत्रमा लागुपदार्थ दुव्र्यसनी यस्ता चोरीका घटनामा सरिक हुने गरेका स्थानीय व्यापारी बताउँछन् । पूर्वपश्चिम राजमार्गको भोला वसन्तचोकस्थित प्रहरी बिटबाट चोरी भएको पसलको दूरी ५० मिटर रहेको छ ।
यसैबीच प्रहरी नायब उपरीक्षक थापाले नजिकका पसलमा रहेका सिसी क्यामेराको फुटेजका आधारमा प्रारम्भिक अनुसन्धान थालिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार