प्रधानमन्त्रीज्यु,जनता नै नबाँचे तपाईंको रेल कसले चढ्ला ?
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १८:४३:०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न प्रश्न गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकांस सांसदहरुले आफूले प्रतिनिधित्व गर्ने क्षेत्र तथा राष्ट्रियस्तरका विविध मुद्दाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा सदस्य मोहन बानियाले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाइ नभएको भन्दै सभामुखको गम्भीर ध्यानाकर्षण गराए । संसद वैठकको विशेष र शुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपूर्वक सुनुवाइ हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन सभामुखसंग आग्रह गरे ।
सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै जनताको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । उनले भनिन् ‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचे पछि नै तपाईको रेल र पानी जहाज चढौला । हामी नै बाँचेनौ भने तपाईंको रेल र पानी जहाज कस्ले चढ्ला रु यो जनताको आवाज हो ।’
सांसद बिमला नेपालीले लोकसेवा आयोगको विज्ञापन संविधान र प्रचलित कानून बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको उल्लेख गर्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद भैरव बहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कार पछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसदहरु राजेन्द्र कुमार राई , रानी मण्डल लगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार