पारिश्रमिक नपाएर विस्थापित हुनु हुँदैन : पराजुली
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार २३:५३:२९
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पारिश्रमिक नपाएर पत्रकार विस्थापित हुने अवस्था आउन नहुने बताएका छन्।
समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ तनहँु शाखाको संयोजनमा आज आयोजित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजीवी पत्रकार र मिडिया सञ्चालकका समस्या विषयक अन्तक्र्ीयामा अध्यक्ष पराजुलीले समितिको सिफारिस बमोजिम सरकारले २०७५ कात्तिकदेखि लागू हुनेगरी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरिसकेका चर्चा गरे । “काममा लगाइसकेपछि न्यूनतम पारिश्रमिक दिन्न भन्न पाइँदैन,” उनले भने ।
केही समय अगाडि नेपालका ठूला मिडिया न्यूनतम पारिश्रमिक विरुद्ध लागे पनि साउनदेखि न्यूनतम पारिश्रमिकको मुद्दा कसैले बोक्न नपर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पराजुलीले जानकारी दिए । तीन वर्षदेखि बढ्न नसकेको न्यूनतम पारिश्रमिक कात्तिक १ गतेदेखि २५ प्रतिशतले वृद्धि भएकोले यसको कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार