गोसाइँकुण्डमा एक लाख ३४ हजार भेटी सङ्कलन
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १४:२१:५५
रसुुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ ।
मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो । प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।
यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ ।
पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्कु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् ।
धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरवारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार