तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक
नेपालबहस संवाददाता
भदौ २, २०७६ सोमबार १७:४४:१
२ भदौ, भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ ।
मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् ।
तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् ।
इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताए ।
तेल अनलोड गरिसकेपछि ट्याङ्करलाई व्यस्त सडक र बस्तीमा पार्किङ गर्न दिइनु नहुने स्थानीयवासीको माग छ । दिनरात पार्किङ गरिँदा ट्याङ्करबाट निस्कने प्रदूषणयुक्त धुँवाले वातावरण बिग्रिएको, आगलागी र दुर्घटनाको उच्च जोखिम भएको र गाडीका स्टाफले अश्लिल कुरा बोल्ने गरेकाले बालबालिकामा नकारात्मक असर परेको स्थानीय सर्पदंश टोल विकास संस्थाका सचिव हेमराज भट्टराई बताउछन् ।
सडकबाट पार्किङ हटाउन पटकपटक माग गर्दा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । केही वर्ष अघि यसरी नै पार्किङ गरिएको ट्याङ्करमा आगलागी हुँदा त्रास फैलिएको थियो ।
त्यसबेला बेलैमा आगो निभाइएका कारण धेरै क्षति हुन पाएको थिएन । चारआली–चन्द्रगढी सडकखण्ड झापाको व्यस्त सडकमध्येमा पर्दछ ।
यही बाटो भएर चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालमा सर्वसाधारण यात्रा गर्छन् । ट्याङ्कर पार्किङ हुँदै आएको यही सडक क्षेत्रमा नेपाली सेनाको चारआली गण र सर्पदंश उपचार केन्द्रसमेत रहेको छ ।
साँघुरो सडकका दुवै किनारमा लस्करै राखिएका ट्याङ्करका कारण जोखिम मोलेर सवारी चलाउनु परिरहेको सो सडकमा मिनी बस चलाउँदै आएका सवारी चालक कनक राजवंशी बताउछन् ।
अधिकांश ट्याङ्करका चालकले सडक आसपासका घरमा नै डेरा लिएर बसेका छन् । निगमले उचित पार्किङ स्थानको व्यवस्था गरिदिए सडकमा यसरी अस्तव्यस्तता सिर्जना हुने गरी पार्किङ नगरिने ट्याङ्कर चालकहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार