ओली र नेपालबीच बाझाबाझ, सचिवालयका सदस्यहरुले हेरे रमिता
नेपालबहस संवाददाता
भदौ ५, २०७६ बिहिबार २०:५५:६
५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली अमिलो मन लिएर थप उपचारका लागि आज सिंगापुर उडेका छन् । आज बिहानै उनको मूड खराब हुने गरी अर्का नेता माधव नेपालसँग बाझ्ने अवस्था आयो ।
सरकारी निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा वरिष्ठ नेता नेपालको गाली र आरोपको सामना गर्नु परेको छ अध्यक्ष ओलीले । नेता नेपालको बुझाई प्रधानमन्त्री ओली आफूविरुद्ध संगठित रुपमै उत्रिएका छन् । यसअघिका पार्टी बैठकमा आफ्नो मानमर्दन गर्न र एक्ल्याउन ओली मैदानमा ओर्लिएको उनको आरोप छ ।
साथै, पार्टीमा वरियताक्रम घटाउन ओलीले षडयन्त्र गरेको भन्दै सचिवालयमा सात बुँदे असहमति दर्ता गराएका थिए । आजको वैठकमा उनको प्रस्तुती ज्यादै आक्रमक थियो । नेता नेपाल आजको वैठकमा नराम्ररी पड्किए । बैठक सुरु भएपछि अध्यक्षता गरिरहेका ओलीले आफू थप उपचारका लागि सिंगापुर जानुपर्ने जानकारी दिंदै आफ्नो अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको नेतृत्व गर्ने बताए ।
उनले वैठकमा सर्वसमहमतिबाट बाँकी प्रकृया टुंग्याउन भन्दै गर्दा नेता नेपालले तत्काल प्रतिवाद गरे । यसअघिका वैठकमा मेरो असहमतिका बीच धेरै निर्णय भएका छन्, त्यसैले अब हुने निर्णयमा पनि सर्वसहमति हुने अवस्था रहने छैन – नेता नेपालले भने । त्यसपछि ओलीले ठीकै छ आवश्यकता अनुसार गर्नुहोला भन्दै आजको बैठकले चाहिं मेरो स्वास्थलाभको कामना गरोस् भन्ने प्रस्ताव राखे ।
ओलीले यति भन्दा नभन्दै नेता नेपालले आफूमाथि संगठित रुपमा संस्थापन पक्षले आक्रमण गर्न थालेकोमा आपत्ति जनाए । नेता नेपाल अझै कठोर स्वरमा भन्दै थिए – “मेरा विरुद्ध केन्द्रीय सदस्य राजेन्द्र गौतमले फेसबुकमा गाली गलौज गरेका छन्, यसमा कारबाही गरियोस् ।”
नेपालले कुरा नटुंग्याउँदै महासचिव विष्णु पौडेल उठेर आज विवाद नगरौैं, केवल प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना मात्र गरौं भन्ने प्रस्ताव राखे । तर नेता नेपालले आफ्ना विरुद्ध योजनावद्ध रुपमा खुइल्याउने काम हुन थालेको भन्दै सबैभन्दा पहिला राजेन्द्र गौतमलाई कारबाही गर्ने मुद्धामा छलफल चलाउन खोजे ।
त्यसपछि अध्यक्ष ओलीले नेपालको प्रतिवाद गर्दै भने, ल ! तपाईको शुभकामना चाहिएन । अनि दुबै नेताबीच लामै गलफत्ती हुन थाल्यो । ओलीले भने – तपाई आफ्नो असहमति सचिवालयमा दर्ता नै नगराई मिडियाबाजी गर्नुहुन्छ, अनि तपाईको त्यो गलत प्रकृयाको अरुले चाहिं विरोध गर्न नपाउने ? ओलीले यति भनिसक्दा नसक्दै नेपाल जंगिए भने– “तपाईलाई राम्ररी चिनेको छु , यो काम तपाई योजनवद्ध रुपमा गर्दै हुनुहुन्छ ।”
जवाफमा ओलीले भने – “ल भैगो तपाईको शुभकामना चाहिएन , तपाईले शुभकामना नदिएर मलाई फरक पर्दैन ।” नेपालले पनि ओठे जवाफ लगाए :– तपाई ठूलो षडयन्त्रकारी हो, म त्यसै छाड्दिन, भण्डाफोर गरेरै छाड्छु । दुई नेताबीच बाझाबाझ हुँदा सचिवालयका अरु सदस्य भने रमिते मात्र देखिए । प्रचण्डले एकपटक बीचमा माधव नेपाललाई सम्झाउन खोजे तर सफल भएनन् । दुई नेताबीच पाखुरा सुर्कासुर्की भएपछि आजको वैठकले अरु केही निर्णय गरेन ।
बाँकी काम प्रचण्डको नेतृत्वमा गर्दै जाने निर्णय गरेर ओली भित्र पसे । यो घटनाले सत्तारुढ नेकपाको आगामी यात्रा त्यति सहज नभएको संकेत गरेको छ । माधव नेपाल अबका हरेक वैठकमा असहमति जनाउने मुडमा देखिएका छन् । जसले गर्दा ओलीलाई पार्टी अध्यक्ष पद छाड्न बाध्य पार्ने अवस्था आउने निश्चित छ । नेता नेपाल निकट स्रोतका अनुसार, एक व्यक्ति एक पदको सिद्धान्त लागू नभएसम्म यो मुद्धा उठिरहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार