कुकुरको दिसाबाट यस्ता रोग फैलिन सक्छन् !
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार १३:८:४७
९ भदौ, काठमाडौं । के तपाईले घरमा कुकुर पाल्नु भएको छ ? यदि नपालेको भए पनि प्राय सबैले घरमा पालिएका कुकुरलाई हिँडाउँदै सार्वजनिक स्थलमा दिशा पिसावगराउने गरिएको त देख्नु भएको होला ।
अब जथाभावी कुकुरलाई दिशा पिसाव गराए काठमाडौं महानगरपालिकाले कारबाही गर्ने घोषणा गरेको छ। महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार जथाभावी त्यसरी कुकुरलाई सार्वजनिक सडक तथा गल्लीमा दिसापिसाब गराउँदा एक त फोहर हुन्छ अर्को त्यसले हानिकारक रोग पनि निम्त्याउँने खतरा बढेको छ ।
महानगरपालिकाले थालेको यो अभियानमा सुरुमा महानगरपालिकाका विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबहरूलाई परिचालन गरेर चेतना जगाउने प्रयास गर्ने बताएको छ। तर यदि त्यसो गर्दा पनि कुकुरधनीहरू सचेत नभए जरिबाना, कुकुर जफत तथा अन्य कारबाही गर्नेछौँ, डंगोलले बताए ।
केन्द्रीय पशुचिकित्सालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. बलराम थापाका अनुसार कुकुरको मलमूत्रसँग हुन सक्ने लसपसबाट मानिसमा खासगरी परजीवी जुका तथा पाचनप्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिस जस्ता रोग सर्न खतरा रहेको हुन्छ ।
अर्को जोखिमचाहिँ त्यसमा हुन सक्ने ब्याक्टेरियाको सङ्क्रमण पनि हो। त्यसमा पनि सबभन्दा जोखिम चाहिँ लेप्टोस्पाइरोसिसबाट हुन सक्छ। कुकुरको पिसाबबाट यदि खानेपानीको स्रोतमा प्रदूषण हुन पुगेको खण्डमा यसले मानिसलाई गम्भीर असर पुर्याउन सक्छ। यसबाट मिर्गौलामा गम्भीर असरका साथै कसैकसैमा मेनिन्जाइटिस पनि गराउन सक्छ, उनले भने।
छाडा छाडिएको कुकुरलाई के गर्ने ?
यता काठमाडौंमा कसैले नपालेको तर समुदायमा रहने कुकुरको सङ्ख्या अत्यधिक छ। महानगरपालिकाका अनुसार यहाँ २६ हजार त्यस्ता भुस्याहा अर्थात् ‘सामुदायिक कुकुर’ छन्। तर तिनको दिसापिसाबको व्यवस्थापनबारे भने स्पष्ट नियम अझै पनि छैन।
तिनको व्यवस्थापनका लागि समुदाय स्वयं र सङ्घसंस्थासँग मिलेर काम गर्ने महानगरको प्रयास छ । त्यस्ता सामुदायिक कुकुरलाई रोगमुक्त गराउने र तिनको सङ्ख्या नियन्त्रण गर्ने अभियान पनि सँगसँगै चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार