मन्त्री ज्यू ! अब कहिलेसम्म झुट्टा कुरा गरिरहने ?
कुसुम सेञ्चुरी
भदौ १३, २०७६ शुक्रबार १५:४४:५५
१३ भदौ, काठमाडौं । भनिन्छ, मानिस एउटा झुटलाई सत्य सावित गर्न अरु सयौँ झुट बोल्न पछि पर्दैन । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यो उखान ठ्याक्कै चरितार्थ गरिरहेका छन् ।
यतिबेला सामाजिक सञ्जालदेखि गाउँ–शहर, होटल र सडक पेटीका चिया पसलमा समेत उनको कुरा नगर्ने मान्छे छैनन् । उनको चर्चा कुनै राम्रो कामले भन्दा पनि उनले बोल्ने गरेका हरेक कुरामा देखिन्छ । सरकारको जिम्मेवार निकायमा आसिन रहेका, त्यसमा पनि सरकारले गरेका कामको सत्यतथ्य सुचना सम्प्रेषण गर्नुपर्ने दायित्व बाेकेका व्यक्तिले हिजो के बोलेँ र आज के बोलिरहेको छु भन्ने हेक्का नराख्नु कतिसम्मको लाजमर्दो विषय हो ? यस्ता कुरामा अझै पनि उनले कुनै ध्यान देखिएको छैन ।
प्रधानमन्त्री खड्गप्रसाद ओली उपचारको लागि गत भदौ ९ गते सिगांपुर उड्नु पूर्व नै भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्न सक्ने निर्णय गराएर गएका थिए । मन्त्रिपरिषद्को बैठकमा भिडियो कन्फेरेन्सबाट सम्बोधन गरेको कुरा निकै विवादित भएपछि सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले सम्मानित संसदबाट नै झुट बोलेका छन् ।
प्रवक्ता बाँस्कोटाले गाेयबल्स शैलीमा जति झुठ बोलेर कुरालाई ढाकछोप गर्न खोजेपनि प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले तस्विरहरुसहित लेखे, सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्दै ।
उनले सिंगापुरमा बसेर राखेको तस्विर अहिले पनि ट्वीटरका वालहरुमा हेर्न सकिन्छ । तस्विरमा प्रधानमन्त्री ओली देखिन्छन् । उनको अगाडि ल्यापटप हुन्छ र त्यो भन्दा अगाडि टेबुलमा ठूलो स्क्रिन । स्क्रिनमा सरकारका मन्त्रीहरु देखिएका छन् । जुन तस्विर तपाईले हेर्नसक्नु हुनेछ । विष्णु रिमालले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटससहितको तस्विरहरु जहाँ लेखिएकै छ । सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिप्रिजेन्समार्फत् मन्त्रिपरिषदको बैठक ।
अब भन्नुस् यो माथिकोे तस्विरमा प्रधानमन्त्री ओली देखिएका छन् । प्रधानमन्त्री ओलीले समेत ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद १ प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद । ’ भन्दै आफ्नो ट्वीटरको वाल भरे । उनको अगाडि ल्यापटप हुन्छ र त्यो भन्दा अगाडि टेबुलमा ठूलो स्क्रिन । स्क्रिनमा सरकारका मन्त्रीहरु देखिएका छन् । अब भन्नुस प्रम ओली, विष्णु र गोकुलमध्ये कसले झुट बोल्यो ? के यो क्याबिनेट थिएन ?
पौडेलले पोष्ट गरेको तस्विरको लहरमा ध्यान दिएर हेर्नुभयो भने शुरुमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल देखिएका छन् ।
ठिक पछाडि मन्त्रीहरु भानुभक्त ढकाल, योगेश भट्टराई, लालबाबु पण्डित र विना मगर देखिन्छन् । पण्डितको ठिक पछाडि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा देखिन्छन् । अर्को तस्विरमा प्रधानमन्त्री बोलिरहेको देखिन्छ भने मन्त्रीहरु सुनिरहेका देखिन्छन् ।
अर्को तस्विरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ऊर्जामन्त्री वर्षमान पुन देखिन्छन् । ठिक पछाडि कृषिमन्त्री बलदेव देखिन्छन् । अर्को तस्विरमा गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिराजमणि पोखरेल देखिन्छन् । तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले मन्त्रिपरिषद बैठक भनेको क्षणलाई सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद बैठक होइन भने । त्यो पनि संसदमा विशेष समय लिएर ।
सिंगापुरबाट भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक गराएपछि सत्तापक्ष र विपक्ष दुवैबाट आलोचना भएर मात्र सरकारका प्रवक्ताले ढाँटेका होइनन् । यसले कानुनी प्रश्न उब्जाएपछि ढाँटेका हुन् ।
सिंहदरबारको अधिकार गाउँगाउँमा हस्तान्तरण गर्न सकिएला तर सिंहदरबारको अधिकार सिंगापुरतिर हस्तान्तरण गर्न त सकिँदैन ।
भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक राखिएपछि यसको वैधतामाथि मात्र प्रश्न उठेन राष्ट्रिय सुरक्षाको विषय समेत उठ्यो । कानुनी परामर्शपछि सरकारका प्रवक्ता हत्तपत्त संसदमा बोल्न पुगेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्दै नबसेको दाबी गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय मागेर बोल्दै उनले भिडियो कन्फरेन्सबाट मन्त्रीहरुसँग सामान्य छलफलमात्र भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौ मध्यान्नको १ बजे भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुले छलफल गरेका थिए । त्यसअघि भदौ पहिलो सरकार मन्त्रिपरिषद् बैठक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन गरेर भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।
तर विपक्षी नेपाली कांग्रेसले यसमा प्रश्न उठाउदै आएको छ । यस विषयमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबारको अधिकार गाउँगाउँमा हस्तान्तरण गर्न सकिएला तर सिंहदरबारको अधिकार सिंगापुरतिर हस्तान्तरण गर्न त सकिँदैन भन्दै विरोध गरेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषदको बैठक चलाउने कुरामा कार्यवाहक प्रधानमन्त्री हुँदै गर्दा प्रधानमन्त्रीले सिंगापुरबाट मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण किन गरे भन्ने कुरा पनि छ ।
यो कुरा जिम्मेवारी लिनेले पनि, दिनेले पनि बुझ्नु पर्ने हो तर बुझेको जस्तो लागेन । यो त एउटा नमुना भयो भनेर विरोध गरेका छन् । यसरी चारैतिरबाट यो बिषयमा चर्चा परिचर्चा भएपछि पुनः मन्त्री बाँस्कोटाले झुट बोल्न थालेको स्पष्ट देखिन्छ ।
यति मात्र होइन बिहीबार प्रतिनिधिसभामा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले कन्फरेन्सका क्रममा केही वियषयमा प्रधानमन्त्रीले जानकारी लिएको र मन्त्री तथा कार्यवाहक प्रधानमन्त्रीलाई आवश्यक निर्देशन दिएकाे पनि स्पष्ट पारेका छन् । अमेरिका र रसियाका राष्ट्रपतिले जहाजमा उड्दाउड्दै भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकहरु गर्ने भन्दै उनले यसले सार्वभौमसत्तामा कुनै फरक नपर्ने समेत जिकिर गरेका छन् । बाँस्कोटाले मुलुकको सार्वभौमिकता र प्रधानमन्त्रीको देशभक्तिमाथि प्रश्न उठाउनु अनुचित र खेदजनक भएको उद्घोष गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदसहित सिंगापुर गएको समेत बताए ।
बाँस्कोटा भन्छन्, ‘जे कुरा हुँदै भएको छैन, त्यसमा भ्रममा पर्न आवश्यक छैन । त्यो मन्त्रिपरिषद बैठक होइन ।’ उनले खरो शब्दमा बोलेर ढाँटेपनि भिडियो कन्फरेन्सबाट क्याबिनेट राखिएको विषय पहिले नै खुलिसकेको छ । अब यसले गम्भीर कानुनी प्रश्नमात्र उठेको छैन सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको छ । सरकारले जनतालाई क्याबिनेटकै विषयमा ढाँटेको छ ।
सरकार त नेकपाकाे मात्रै त हैन हाेला, विराेधी कांग्रेसमात्रै पनि त हाेइन हाेला । जनताले बनाएकाे सार्वभाैम संसदमा बसेर मन्त्रीले आफैँले भर्खरै भनेकाे मात्रै ठिक अरू सबै गलत भन्नु कतिकाे जायज कुरा हाे । सूचना प्रविधिको युगमा पनि निरङ्कुशताको अभ्यास र भनिएका कुरालाई पनि भनिएकै हैन, भन्नु आफैँले आफैँलाई ढाँट्नु कति सोभनिय कुरा हो ? के सुर्यलाई हत्केलाले छेकेर छेकिन्छ र ? मन्त्री ज्यू, दुनियाँलाई ढाँट्न सकिएला, झुट एक दिन टिक्ला दुई दिन टिक्ला या भनौँ मन्त्रीको पदमा आसिन रहुन्जेल टिक्ला तर प्रविधिले कैद गरेका ति आफ्ना बचनलाई कालान्तरमा फेरि सुन्दा आफैँलाई नबिझाओस् । आफैँले बोलेका कुरा प्रति आफैँले खेद व्यक्त गर्दै जिउँन नपरोस् ।
निर्णय सार्वजनिक गर्ने एउटा कुरा हो । तर बैठकमा हुने छलफल र एजेण्डाको सन्र्दभमा गोपनियता र गम्भीरताको कुरो आउँछ नै । यसरी भिडियो कन्फरेन्सबाट बैठक गर्दै गर्दा त्यसको सुरक्षाको ग्यारेन्टी हुँदैन । अर्को कुरा देशमा त्यस्तो कुनै आपतकाल परेको स्थितिमा, संकट लाउनु परेको वा देशमा बाह्य आक्रमण भएको अथवा ठूलो भूकम्प गएको जस्ता विपदको अवस्थामा प्रधानमन्त्रीले अस्पतालको शैय्याबाट पनि सम्बोधन गर्नुपर्ने हुन्छ ।
त्यस्तो अवस्था आएको स्थितिमा यस्तो गर्ने कुरा ठीकै हुन्थ्यो होला । प्रविधिको प्रयोग गर्दै गर्दा यसको गोपनियताको सन्र्दभमा दुनियाँमा धेरै प्रकारको बहस भएका छन्, धेरै प्रकारका घटना पनि भएका छन् । सरकारमा कम्युनिस्ट पार्टी छ । सरकार त नेकपाकाे मात्रै त हैन हाेला, विराेधी कांग्रेस मात्रै पनि त हाेइन हाेला । जनताले बनाएकाे सार्वभाैम संसदमा बसेर मन्त्रीले आफैँले भर्खरै भनेकाे मात्रै ठिक अरू सबै गलत भन्नु कतिकाे जायज कुरा हाे । सूचना प्रविधिको युगमा पनि निरङ्कुशताको अभ्यास र भनिएका कुरालाई पनि भनिएकै हैन भन्नु आफैँले आफैँलाई ढाँट्नु कति सोभनिय कुरा हो ? के सुर्यलाई हत्केलाले छेकेर छेकिन्छ र ?
मन्त्री ज्यू, दुनियाँलाई ढाँट्न सकिएला, झुट एक दिन टिक्ला दुई दिन टिक्ला या भनौँ मन्त्रीको पदमा आसिन रहुन्जेल टिक्ला तर प्रविधिले कैद गरेका ति आफ्ना बचनलाई कालान्तरमा फेरि सुन्दा आफैँलाई नबिझाओस् । आफैँले बोलेका कुरा प्रति आफैँले खेद व्यक्त गर्दै जिउँन नपरोस् । अब बाँकी दिनमा झुट बोलेको सुन्ने चाहना छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार