कर्णालीका किसान सामूहिक तरकारी खेतीतर्फ जागे, एउटै वडाबाट करोडौंको कारोबार
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शनिबार २:११:५०
२० भदौ, मान्म । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरूले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरू बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी खेतीबाट चौगुना आम्दानी गर्छन् ।
बेमौसमी तरकारी खेती गरेर अहिले वर्षमा चार वटा बालीसम्म तरकारी खेती गर्ने गरेको तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका रिशमा शाहीले बताए । उनका अनुसार त्यसबाट वर्षमा १ लाखदेखि २ लाखसम्म आम्दानी हुन्छ । “विगतमा परम्परागत बाली लगाउँदा आम्दानी सामान्य मात्रै हुन्थे,” उनले भने – “अहिले विगतमा भन्दा अहिले चौगुना आम्दानी लिन थालेका छौं ।”
कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारी बजारीकरण गर्न सजिलो भएको छ । यद्यपि माग अनुसारको तरकारी उत्पादन गर्न नसकिएको सोही वडौ ६ का परेकबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग बनेपछि गाउँमा उत्पादन गरिएको तरकारीको बजारीकरणमा सहज भएको छ,” उनले भने – “मागअनुसारको तरकारी उत्पादन गर्न सकिएको छैन ।”
सामूहिक तरकारी खेतीमा किसानहरू
कर्णाली राजमार्ग बनेपछि किसानहरूले सामूहिक तरकारी खेती शुरु गरेका छन् । गाउँमा रहेको जग्गा भाडामा लिएर उनीहरूले समूह बनाई तरकारी गर्न थालेका हुन् । तिलागुफा नगरपालिकाका ठाउँ ठाउँमा स्थानीय गाउँलेहरू मिलेर कृषि समूह गठन गरेका छन् । कर्णाली राजमार्गमा पर्ने खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न गाउँहरूमा अहिले सामूहिक तरकारी खेती हुने गरेको छ ।
गाउँमा उत्पादन हुने तरकारीको बजारीकरण गर्न र गाउँका सबैको आम्दानी वृद्धि गर्न १३ जनाको समूह बनाई ५ लाखमा जग्गा भाडामा लिइएको तिलागुफा नगरपालिका वडा नं ५ खल्लाका सामूहिक तरकारी खेती समूहका अगुवा किसान विष्णुलाल रेग्मीले बताए । “सबै गाउँलेको आम्दानी वृद्धि गर्न सामूहिक तरकारी खेतीको अभ्यास शुरु भएको छ,” उनले भने “यसबाट सामूहिकताको भावना पनि विकास हुन्छ । सबैको आम्दानी पनि बढ्छ ।”
एउटै वडाबाट करोडौंको कारोबार
तिलागुफा नगरपालिका वडा नं ६ जुबिथाका किसानहरूले एक वर्षमा तरकारी बेचेरै एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । मार्सी धान फल्ने खेतहरूमा धान खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष अघिदेखि नै मार्सी धान लगाउने खेतहरूमा बैमौसमी तरकारी खेती गर्न थालिएको छ ।
विगतमा धानको खेती गर्दा एउटा खेतमा तीन बोरा मात्र धान फलाउन सकिन्थ्यो । अहिले तरकारी खेती गर्दा त्योभन्दा बढी नै आम्दानी हुन थालेको स्थानीय तरकारी किसान जनकबहादुर शाहीले बताए । “विगतमा खेतमा धान रोप्दा दुई–तीन बोरा फल्थ्यो,” उनले भने – “अहिले त्यही खेतमा तरकारी खेती गर्दा एक लाखभन्दा बढी कमाइ हुन्छ ।”
तिलागुफा नगरपालिका वडा नं ६ को जुबिथा गाउँमा तरकारी खेती गरेर किसानहरूले १ करोडभन्दा बढी आम्दानी लिएको वडाध्यक्ष नेत्रबहादुर शाहीले बताए । “यो आर्थिक वर्षमा किसानहरूले तरकारी खेतीबाट १ करोडभन्दा बढी आम्दानी लिएका छन्,” उनले भने “यहाँका मानिसहरूको आम्दानीको पहिलो आधार तरकारी बनेको छ ।”
कर्णाली राजमार्ग आसपासका किसानहरूले तरकारी खेती गर्न थालेपछि उनीहरूलाई सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरू पनि बढेका छन् । ती मध्ये प्रधानमन्त्री कृषि परियोजना, सेडा नेपालले विकास परियोजना केही संस्था हुन् । यी कार्यक्रमले किसानलाई प्राविधिक ज्ञान र विभिन्न प्रकार तालीम उपलब्ध गराउँछन् । सेडा नेपालका विकास परियोजना संयोजक प्रेमबहादुर फडेराले भने – “किसानहरूले तरकारी खेती गर्न थालेपछि अहिले सरकारी तथा गैरसरकारी संस्थाहरूले किसानका लागि प्राविधिक तथा बजारीकरणमा काम गरिहेका छन् । यसले किसानहरूलाई तरकारी खेती गर्न सहज बनाइदिएको छ ।”
तरकारी खेती गर्न थालेपछि सहयोगीहरू पनि बढेकाले किसानहरू अहिले तरकारी खेतीप्रति आक्रर्षित हुँदै गएको स्थानीयस्तरमा काम गर्दै आउनुभएका कृषि प्रविधिज्ञ लोकजंग शाहीले बताए ।
नगरपालिकालाई कृषि क्षेत्रमा अब्बल बनाउने तिलागुफा नगरपालिकाले अठोट लिएको छ । जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्दै आएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “त्यही अनुसार नगर परिषद्बाट योजना तर्जुमा गरेका छौं,” उनले भने – “कृषि क्षेत्रलाई अगाडि बढाउने काम गरेका छौं ।”
खडेरी पर्ने क्षेत्रमा सिँचाइका लागि कुलो र खानेपानीका धाराको प्रबन्ध गर्ने कामलाई अगाडि बढाएको नगर प्रमुख शाहीले बताए । उनले भने – “कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सडक लगायतका क्षेत्रमा तीव्र रुपमा काम अगाडि बढाइएको छ । त्यसका लागि साझेदार संस्थासँग मिलेर पनि काम गरिरहेका छौं ।”
उनका अनुसार अहिले नगरपालिकाले स्याउ जोन बनाउने पनि कामलाई अगाडि बढाएको छ । “नगरपालिकाभित्रका सबैको बारीमा एक स्याउ बारी बनाउने नीति नगरपालिका छ,” उनले भने “त्यसका लागि नगरपालिकाले नीतिगत निर्णय समेत गरिसकेको छ ।”
कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको किसानहरूलाई खाँडाचक्र नगरपालिकाले सहुलियतमा बीउ र बिरुवाका वितरण कार्यक्रमलाई अगाडि बढाएको नगरपालिका प्रमुख विजया बिष्टले बताए । उनले भने – “हाम्रो पहिलो प्राथमिकता कृषि क्षेत्र नै हो । कृषिलाई आधुनिकीकरण गर्ने र किसानहरूलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्ने विषयमा छलफल भइरहेको छ ।” मिमबहादुर रावलको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार