बाँकेमा दशैँको छुट्टै विशेषता, समुदायसँग मिलेर दशैँ मनाइने
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार ०:५०:४०
८ असोज,नेपालगञ्ज । हिन्दूहरूको महत्वपूर्ण पर्व दशैँको बाँकेमा छुट्टै विशेषता छ । यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन् ।
समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै छ । टोलको सौन्दर्यकरण गरेर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशँै अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्दछ । यसरी राखिएको देवीका मूर्ति द्वादशीका दिन जिल्लाको राप्ती नदीमा विसर्जन गरिन्छ ।
नवदुर्गा भवानीको आकर्षक मूर्ति भारतबाट ल्याउने गरिएको छ । नेपालगञ्जका केही मूर्तिकारले पनि केही वर्षयता मूर्ति बनाउने गरेका छन् । नेपालगञ्जका मूर्तिकारलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ । कलात्मक दुर्गा भगवतीको मूर्ति दशैँको करीब एक महीना अघिदेखि नै बनाउने गरेको मूर्तिकार बताउछन । मूर्तिकार अङ्कित मिश्रले ८० वटा मूर्ति बनाउने जिम्मा लिनुभएको बताए । “मूर्ति बनाउन समय धेरै लाग्ने भएकाले सक्ने जति मात्र जिम्मा लिने गरेका छौँ”, मिश्रको भनाइ छ ।
जिल्लाको गाउँबस्तीमा र नेपालगञ्जको टोलटोलमा राखिने नवदुर्गा भवानीको मूर्तिमा व्यक्तिगत र सामूहिक पूजापाठ, यज्ञ, होमलगायत नवरात्रि विशेषका कर्मकाण्ड हुने पण्डित भीमप्रसाद आचार्य बताउछन्। यो जिल्लामा दशँैको अर्को विशेषतामा नवरात्रि (घटस्थापना) देखि रामलिला मञ्चन गर्नु पनि हो । भगवान् रामको जीवन चरित्रमा आधारित रामलिला दशैँको टीकाका दिन रावणको बध गरेर समाप्त हुने गर्दछ । रामलिला प्रदर्शनका लागि रामलिला व्यवस्थापन समितिसमेत गठन गरिसकिएको छ । सो समितिले श्रद्धालु भक्तजनबाट चन्दा सङ्कलन गरेर रामलिला आयोजना गर्दै आएको समितिका कार्यवाहक अध्यक्ष सन्तोष कनोडियाले बताए ।
यसैगरी, पर्वमा सामाजिक सद्भाव कायम राख्न सक्नु बाँके जिल्लाको अर्को विशेषता पनि हो । दशैँमा धार्मिक सद्भाव कायम गर्न नेपालगञ्जका हिन्दू, मुस्लिम, सिख र इसाइ धर्मगुरुले सबैमा अपिल पनि गरेका छन् । स्थानीय प्रशासनले पनि दशैँका लागि सुरक्षा व्यवस्था सुदृढ बनाएको दाबी गरेको छ । आम नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपालगञ्जमा सस्तो बजार पनि सञ्चालनमा ल्याइने गरिएको छ । “यो वर्ष पनि व्यापारीका विभिन्न संस्थासँग मिलेर नेपालगञ्जमा दशैँ सस्तो बजार खोल्ने तयारी गरिएको छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
दशैँ नजिकिएसँगै यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई व्यवस्थित गर्न थालिएको छ । मन्दिर आउजाउ गर्ने पश्चिम र पूर्वतर्पmको दुवै बाटोलाई फराकिलो बनाइएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले मन्दिर बाहिरका पसलको समेत उचित व्यवस्थापनको काम शुरु भइसकेको बताए । उनका अनुसार, मन्दिर क्षेत्रको नियमित सरसफाइदेखि अन्य भौतिक पूर्वाधार निर्माणका लागि पनि समितिले योजना निर्माण गरेको छ ।
सतिदेवीको जिब्रो पतन भएको स्थानमा बागेश्वरी मन्दिर स्थापना भएको मन्दिरका मूल महन्त चन्द्रनाथ योगी बताउछन् । “माता बागेश्वरीको श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुँदै आएको छ”, उनले भने । बागेश्वरी मन्दिरमा विशेष सङ्कल्प गर्ने भक्तजनले तोकिएको समयमा बागेश्वरी माताको खुला दर्शन गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
दशैँका बेला बाँके जिल्लाका विशेषतः मधेशी समुदायका व्यक्तिले बागेश्वरी माताबाट आफ्नो मनोकामना पूरा गराउन जिब्रो छेड्ने गर्दछन् । सङ्कल्प गरेकाले जिब्रो छेड्ने गरेको मूल महन्त योगीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार
बागेश्वरी मोटरमार्ग दश दिन बन्द रहने
मंसिर २०, २०८१ बिहिबार
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार