गरिमा वर्णशङ्कर जातको धानमा बाला नलागेपछि किसान चिन्तित
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार १:११:८
८ असोज, कञ्चनपुर । गरिमा वर्णशङ्कर(हाइब्रिड)जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि किसान चिन्तित भएका छन् ।
‘‘नेपाल सरकारले सूचीकृत गरेको धान भनेर खरीद ग¥यौं,” शुक्लाफाँटा नगरपालिका–७ का किसान लालबहादुर चौधरीले भने, “१२५ दिनमा पाक्ने भनिएको धानमा अहिलेसम्म बाला नै लागेको छैन । धानको बोट निकै राम्रो छ तर बाला नै छैन ।”
“गत वर्ष राम्रै फलेको थियो तर यसवर्ष बाला नलाग्दा लगानी डुबेको छ”, उनले भने बेलौरी नगरपालिकामा झण्डै २० बिघा, शुक्लाफाँटा र कृष्णपुरका गरी ८० भन्दा बढी किसानले १० बिघा जग्गामा गरिमा जातको धान रोपेका थिए ।
धानको फूल फुल्ने समय ९० दिन पुगेपछि शुरु हुने हो बेलौरी नगरपालिका कृषि शाखका प्राविधि हरिश सेटीले भने,“यो धान रोपेका कुनै पनि किसानका धान अहिलेसम्म फुलेकै छैन ।”
धानमा बाला नलागेको समस्या लिएर कार्यालयमा सधैँ किसान पुग्दै क्षतिपूर्तिको माग गर्ने गरेकोे उनले बताए । स्थानीय किसान परदेशी चौधरीले गरिमा भनेर अर्कै थरिको धानको बीउ बेच्ने एग्रोभेट सञ्चालकमाथि कारवाही गर्न र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए । दशकट्टा जग्गामा रोपिएको धानमा बाला नलागेकाले वर्षभरका लागि गरिएको मेहनत त्यसै खेरगएको किसान राजबहादुर चौधरीले बताए ।
गत वर्ष निकै राम्रो उत्पादन भएकाले यसवर्ष पनि चर्को मूल्य तिरेर गरिमा जातको धानको बीउ नै खेतमा रोप्यौ उनले भने,“अरुका खेतमा धान पाक्नै लागेको छ । मेरो खेतमा बाला नै लागेको छैन । रुनु न हास्नुको अवस्थामा पु¥याएको छ ।”
मलखाद, सिँचाइ, बीउ, खनजोत गरी रु आठ हजारभन्दा बढी धान रोप्नमै खर्च लागेको उनको भनाइ थियो धानमा बाला नै नलागेपछि लागत खर्च नै डुब्ने भएको कृषक चौधरीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार