स्याउ बगैँचा यतिबेला राताम्मे, बजार नपाउदा किसान निरास
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १३:३४:४३
९ असोज, सिमकोट । हुम्लाका स्याउ बगैँचा यतिबेला राताम्मे भएका छन् । स्याउ टिपेर बजार कसरी पु¥याउने भन्ने पिरलो किसानलाई थपिएको छ ।
सिमकोट गाउँपालिका–४ का किसान जङ्गबहादुर शाहीले लगाएको पाँच सयभन्दा बढी बोटमध्ये तीन सय बोट स्याउ फल्न थालेपछि त्यसलाई कसरी बजार पु¥याउने पिरलो थपिएको छ ।
लटरम्मै स्याउ फलेको बगैँचा देखाउँदै शाहीले भने, फलेका स्याउ नबिग्रँदै कसरी बजार र ग्राहक कसरी जुटाउने होला ? उहाँ स्याउ बिक्री गर्न नसकेमा सुकुटी बनाएर राख्ने विचारमा छन् । यस वर्ष उनले आफ्नो बगैँचामा ४० देखि ५० क्विन्टल स्याउ फल्ने अनुमान गरे ।
यता सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान धोचे रोकायाका पनि दुई बोटले यस वर्ष फल दिन सुरु गरेका छन् । रुखमा स्याउ लटरम्मै फलेको देख्नेबित्तिकै रोकायालाई बजारको चिन्ता लाग्छ ।
सिमकोटमा मिठो र ठूला दाना फल्ने नाम कमाएको रोकायाको स्याउ बारीमा यस वर्ष ३० क्विन्टलभन्दा बढी स्याउ फल्ने अनुमान उनले गरेका छन् । हुम्लाका सातवटै गाउँपालिकामा स्याउ खेती राम्रो हुने भए पनि हालसम्म सिमकोट गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको छ ।
हवाई जहाजबाट नेपालगञ्ज, सुर्खेत ढुवानी गर्दा प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी जिल्लाबाहिर निकासी गरिएका स्याउ ढुवानी महँगो भएकै कारणले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि स्याउ किसानले पनि आँट पनि गर्न नसक्ने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए ।
कृषि ज्ञान केन्द्र हुम्लाका अनुसार दुई हजार दुई सय मेट्रिक टन स्याउ जिल्लाभर उत्पादन हुने भए पनि यस वर्ष १७३ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ ।
यसमा ५४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । एक सयभन्दा बढी स्याउका बोट लगाएर स्याउ खेती गर्ने किसानको सङ्ख्या मात्र दुई सय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार