पोखरामा दशैँका लागी मुस्ताङबाट च्याङ्ग्रा भित्रदै
नेपालबहस संवाददाता
असोज ११, २०७६ शनिबार १८:२०:१२
११ असोज, पोखरा । नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ ।
व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ ।
पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो ।
दशैँ आउनुअगाबै च्याङ्ग्रा किन्नकै लागि झण्डै एक महीना अघि व्यापारी मुस्ताङ पुगिसक्ने गर्दछन् । उच्च हिमाली क्षेत्रमा चर्ने भएकाले पोखरा सुरक्षित तवरबाट ल्याउन झण्डै १५-२० दिन हिँडाएर च्याङ्ग्रा ल्याउनुपर्ने बाध्यता छ ।
“माथिबाटै ट्रकमा ल्याउँदा च्याङग्रा मर्ने सम्भावना अत्याधिक हुन्छ,” च्याङग्रा व्यापारी रामचन्द्र नेपालीले भने, “ठाउँ ठाउँमा चराउँदै ल्याउनुपर्ने भएकाले पोखरा ल्याई पु¥याउन धेरै दिन लाग्ने गरेको छ ।”
विगत केही वर्षयता लगातार मुस्ताङबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका नेपालीले यस वर्ष त्यहाँको चराङस्थित डि गाउँबाट १९१ वटा च्याङ्ग्रा ल्याएका छन् । मुस्ताङमा नै च्याङ्ग्राको खरीद मूल्य रु २५-२६ हजार पर्ने गरेका कारण यस वर्ष पोखरामा बिक्री मूल्य रु ३५-३६ हजारसम्म पर्ने उनले जानकारी दिए ।
झण्डै एक महीना अघिदेखि नै मुस्ताङमा च्याङ्ग्राको किनबेच शुरु भएको बारागुङमुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले त्यहाँबाट बिक्रीका लागि पोखरातर्फ झारिएकाप्रति च्याङ्ग्राको रु २० का दरले राजश्व लिएको छ ।
अन्य गाउँपालिकामा राजश्व तिरेर आएका व्यापारीका लागि भने गाउँपाँलिकाले थप राजश्व नलिएको उनले जानकारी दिए । हालसम्म मुस्ताङबाट झण्डै १८ हजारको सङ्ख्यामा च्याङ्ग्रा झरिसकेको हुनसक्ने जानकारी दिँदै उनले कतिपय झर्ने क्रममा रहेको बताए ।
च्याङ्ग्रा झार्दै गर्दा पोखराको हेमजामा यतिखेर च्याङ्ग्रा राख्ने खोर बनाउन पनि भ्यानभ्याइ छ । कतिपयले जग्गा भाडामा लिएर खोर बनाउने गरेका छन् । दशैँलाई लक्षित गरी च्याङ्ग्रा राख्नका लागि विगत केही वर्षयता खोर बनाउँदै आएका सिमपानी निवासी रमेश दवाडीले यस अवधिमा प्रतिखोर रु १५ हजार भाडा लिने गरेको जानकारी दिए।
दशैँका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीमा सबै बेचेर फर्कने गरेका छन् । यस अवधिमा बेच्न नसके सस्तो मूल्यमा बेचेर फर्कनुपर्ने गरेको व्यापारीको तितो अनुभव छ । विगत केही वर्षयता बझाङको साइपाल गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएर पोखरामा बिक्री गर्दै आएका साइपाल गाउँपालिका–१ का उज्जन बोहोराले अहिले ११४ वटा च्याङ्ग्रा ल्याउनुभएको छ ।
अघिल्लो वर्ष ११२ च्याङ्ग्रा ल्याएको जानकारी दिँदै उनले दशैँको अष्टमी, नवमीसम्म पनि सबै बिक्री नहुँदा रु आठ हजारसम्ममा बेचेर फर्कनुपरेको दुःखेसो सुनाए । यस वर्ष बझाङको साइपालबाट आफूले बिक्रीका लागि च्याङ्ग्रा ल्याएको उहाँले जानकारी दिए । पोखरापछि आसपासका जिल्लामा पनि च्याङ्ग्राको लोकप्रियता बढ्दै गएको छ ।
पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् । पछिल्ला समयमा काठमाडौँमा च्याङ्ग्राको माग बढे पछि खाद्य संस्थानमार्फत पु¥याउन थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार