महिला भन्छिन्, उहाँ मेरो बाउसमानको मान्छे, दुर्व्यवहार भएको छैन !
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार १४:३०:१२
१५ असोज, काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा मंगलबार पदबाट राजीनामा दिएका छन् ।
तर सभामुखको राजीनामा पछि भने ती महिलाले आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छन् । ८ वर्षदेखि डिप्रेशनको औषधि सेवन गरिरहेकी भएकी ती महिलाको बोली फेरिएको छ ।
महिलाको भनाई
सभामुखले राजीनामा दिनुअघि
उहाँ ‘सभामुख महरा’ले साँझ ७ बजे म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो । आज दशैं सँगै मनाऊँ’ भन्नुभयो । पहिल्यै खाएर आउनु भएको रहेछ । फेरि २ गिलास खानुभयो ।
कोठामा पस्ने बित्तिकै जर्बजस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइबाट मेरो जीउ थिलोथिलो भएको छ । यो भन्दा पहिले पनि ममाथि दुर्व्यवहार प्रयास भएको थियो ।
उहाँलाई मैले २०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थे । त्यहाँ बस्दा फेमली जस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने लागेको सोच्या थिइँन ।
प्रहरी बोलाउँछु भनेपछि मात्रै जानुभयो । ‘यतिसम्म गरिस् कि त हुँदैनस्, कि म रहन्न’ भनेपछि जानुभएको हो । उहाँ ‘महरा’ले ‘कति बेला आऊँ, के गरौं ?’ भनेर जतिबेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन्थ्यो ।
सभामुखले राजीनामा दिएपछि
उहाँ ‘सभामुख महरा’ मेरो डेरामा आउनु भएकै छैन । नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसदमा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाही फोनमा पनि कुरा हुन्छ ।
मैले उहाँलाई मेरो बुबा जस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरुले नै भोग्नुपर्ला ।
मैले एक पटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भएको छ । त्यो मिलाई दिनुहोला भनेकी थिएँ । हुन्छ हुन्छ भन्नुभएको थियो तर भएन । त्यसपछि मलाई रिस उठ्यो । म अलि डिप्रेशनमा पनि छु । औषधि खाइरहेको छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरु कसैले होइन । डिप्रेशनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ ।
रिसकै तालमा प्रहरी लगायत क–कसलाई फोन गरेँ थाहा छैन । तर अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाबिलिस’ हुने खालको माहोल मैले देखेँ। विभिन्न पत्रपत्रिकाबाट संकलित
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार