सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने
नेपालबहस संवाददाता
असोज १५, २०७६ बुधबार १५:५०:४८
१५ असोज, विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताएका छन् ।
सामाजिक विकास मन्त्रालयद्वारा मङ्गलबार यहाँ आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति तथा चालू आर्थिक वर्षका कार्यहरुकोे प्रस्तुतीकरण कार्यक्रममा उनले विद्यार्थी कम हुने विद्यालयमा तीनदेखि चार हजारसम्मका छात्रछात्रालाई जम्मा गरी विद्यालय एकीकरण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने जानकारी दिए।
उनले मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सर्पदंश उपचार सेवा विस्तार गरेको र सोही क्रममा विराटनगरको कोचाखालमा स्थापना गरिएको बताए । उनले विराटनगरको शहीद रङ्गशालामा रात्रिकालीन खेलका लागि स्थायीरूपमा ‘फ्लड लाइट’ राख्न ठेक्का प्रक्रिया लागेकाले आगामी फागुनभित्र सम्पन्न हुने जानकारी दिए ।
नोबेल अस्पतालद्वारा एम्बुलेन्स प्रदान
नोबेल शिक्षण अस्पतालले मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगरपालिका–९ इटहरालाई रु ११ लाख मूल्य बराबरको एम्बुलेन्स मङ्गलबार प्रदान गरेको हो ।
अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले संस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । नगर प्रमुख रविन राई र अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्तरुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरे। प्रमुख राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने बताए ।
अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसाबले एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।
समयमा बिरामीको उपचार नपाई मृत्यु नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा सुनिल शर्माले बताए । अस्पतालले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार