कलम समाउने बालबालिकाको हातमा हतौडा, दशैँ खर्च जुटाउन गिट्टी कुट्दै
नेपालबहस संवाददाता
असोज १७, २०७६ शुक्रबार १८:४९:२८
१७ असोज जाजरकोट । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा कलम समाउने बालबालिकाहरू हातमा हतौडा गिट्टी कुट्दै दशैँ खर्च जुटाउदै छन्।
सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ रिटा गाउँ नजीकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको पाँच दिन बितेको छ । घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि बाध्य भएर गिट्टी कुट्न लागेको उनले बताइन् ।
“गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरु जान्छन्, तर म भने कसैसँग नहेरी गिट्टी कुटिरहन्छु”, सावित्राले भनिन् । उनीसँगै अर्का नौ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए । “विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ”, उनले भने, “अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैँ र अन्य काम गर्नुपर्ला ।”
उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक सकी-नसकी गिट्टी कुट्ने काममा लागेका छन् । “गिट्टी कुट्दाकुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउँछ”, उनले भने । अहिले अर्थ अभावका कारण समस्यामा परेका अधिकांश बालबालिका आफँै मजदुरी गर्दै आमाबाबालाई सघाउने गर्दछन् । तीस किलोको बोरामा गिट्टी कुटेर दिएमा रु ४० पाउने गरेको उनीहरुको भनाइ छ ।
गिट्टी कुट्दा काम गर्न सजिलो होस् भनी पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरु बताउँछन् । कसैलाई दशैँ आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।
दिनभरि गिट्टी कुट्दा पहिले पहिले हात दुखे पनि अहिले, दुख्न छाडेको उनीहरु बताउँछन् । उनीहरु अभावकै बीचमा सङ्घर्षबाट कमाएको पैसाले उज्यालो भविष्यको सपनालाई सार्थक बनाउने योजनामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
मंसिर २०, २०८१ बिहिबार
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
मंसिर २०, २०८१ बिहिबार
पाल्पामा सुन्तला महोत्सव हुँदै
मंसिर २०, २०८१ बिहिबार
जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा एभेन्जर्स
मंसिर २०, २०८१ बिहिबार
चीन भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौंका लागि प्रस्थान
मंसिर २०, २०८१ बिहिबार
रामेछापको सुन्तलाले बजार पाएन
मंसिर २०, २०८१ बिहिबार