रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १३:४४:५७
१८ असोज, दमौली । लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ ।
जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटेपिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो । सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो ।
त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर व्यास नगरपालिकाको पहलमा गत वर्षदेखि प्रत्येक दशैँमा खुला मैदानमा रोटेपिङ हाल्न शुरु गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
“अहिलेका पुस्तालाई रोटेपिङ कस्तो हुन्छ भन्नेबारे पनि थाहा नहुन सक्छ”, न्यौपानेले भने, “लोप हुँदै गइरहेकाले यसको सम्वद्र्धन र संरक्षण गर्ने प्रयास गरेका हौँ ।” नगरप्रमुख न्यौपानेका अनुसार प्रत्येक वर्षको दशैंमा रोटेपिङ हाल्ने परम्परालाई निरन्तरता दिइनेछ ।
नगरपालिकाकै आर्थिक लागतमा खुला मैदानमा पिङ बनाइएको छ । गत वर्ष हालिएकै सामग्री प्रयोग गरेर पिङ बनाइएको नगरपालिका–२ का वडा सदस्य टुकबहादुर हमालले जानकारी दिए। हमालका अनुसार रोटेपिङ बनाउनका लागि म्याग्दे गाउँपालिकाका पाँच जना खटिएका थिए । रोटेपिङ सँगसँगै दुई वटा लिङ्गेपिङ पनि बनाइएको छ ।
नगरपालिकाको सक्रियतामा दमौलीमा गत वर्षदेखि रोटेपिङ हाल्न शुरु गर्नु सकारात्मक रहेको स्थानीय प्रकाश श्रेष्ठले बताए । “रोटे पिङको संरक्षणका लागि नगरपालिकाले देखाएको चासो अत्यन्तै राम्रो छ”, श्रेष्ठले भने, “यसले कमसेकम दशैँमा भए पनि बजारवासीले रोटेपिङको अनुभव लिन सक्छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार