दशैँको सुरक्षाका लागि देशभरि ४३ हजार प्रहरी परिचालन
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार १५:३०:२८
१९ असोज काठमाडौं । दशैँ मनाउन आम सर्वसाधारणहरु घर गएसँगै काठमाडौं उपत्यकामा चहलपहल घटेको छ ।सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा धेरै तीन लाख ४५ हजार मानिस काठमाडौंबाट बाहिरिएका छन् । त्यस्तै ५४ हजार आठ सय गाडी पनि बाहिरिएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजे सम्म करिव ४ लाख ३२ हजार ७० यात्रु बाहिरिएको बताएको छ । उस्तै ७९ हजार ८ सय ५ जना यात्रु दशैं मनाउन काठमाडौं भित्रिएका छन् ।
अहिलेसम्म दशैँ मान्नका लागि झण्डै २४ लाख मानिस बाहिरिएका छन् । यस्तै गएको वर्षभन्दा यो वर्ष शान्ति सुरक्षा प्रभावकारी भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी विश्वराज पोखरेलले बताएका छन् ।
उनका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरि आठ हजार पाँच सय स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले निगरानी बढाउँदा बढाउँदै पनि गाडीले तोकेकोभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको भन्दै उनले तीन सय ५० गाडीलाई कारबाही गरिएको बताए । त्यस्तै नागढुंगा कोटेश्वर लगायतका सडकको जाम पनि हटेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार