फेवातालमा जलकुम्भीले गर्दा डुङ्गा ब्यवसायी हैरान !
नेपालबहस संवाददाता
असोज १९, २०७६ आइतबार १७:७:२७
१९ असोज, पोखरा । पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।
लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरु संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ कुमारी माछापुच्छ्रे हिमालको छायाँ देख्न सकिन्छ ।
यो दशैँ बिदामा नेपाल बहस डटकमका प्रधान सम्पादक इन्द्र रिजालको स-परिवार पोखरा फेवातालमा पुगेको छ । बिदाको समय सदुपयोग गर्दै घुम्न गएका रिजाल भन्छन्, फेवाताल नवविवाहिता दुलाहारदुलहीका लागि सुहागरात मनाउने राम्रो गन्तव्य हो ।
गर्लफ्रेण्ड र ब्वायफ्रेण्डका लागि डेटिङ्ग स्पट पनि हो । विद्यार्थी र साथीभाइका तथा हामी जस्तै स परिवारसहित सामुहिक घुम्न आउनेहरुका राम्रो गन्तव्य स्थल पनि हो फेवाताल ।
फेवातालसँगै जोडिएको बसुन्धरापार्क र कोमागाने पार्कले फेवाताललाई थप सुन्दरता थपेको छ । ती पार्कहरुमा युवा युवतीहरु आलिंगनमा बाधिँदै फेवातालको दृश्यावलोकन गरेको प्रशस्त देख्न पाइन्छ ।
नेपाल बहस डटकमको डेस्कसंगै कुराकानी गर्दै रिजाल भन्छन्, भक्तजनहरुका लागि धार्मिक स्थल पनि हो फेवाताल । फेवातालको बिचमा रहेको तालवराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा परिचित छ ।
जहाँ दिनहुँ हजारौं भक्तजनहरु पूजा आराधना गर्न आउने गर्दछन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रस्वादन गर्न सकिन्छ ।
उक्त तालवराही मन्दिर दर्शनका लागि डुङ्गा सयर अनिवार्य छ । तालको बीच भागमा रहेकाले डुङ्गामा मात्रै जान सकिने यो मन्दिरमा जाँदा डुङ्गाको मज्जा लिन पाइने छ। तर अहिले फेवातालमा जलकुम्भीले गर्दा डुङ्गा ब्यवसायी हैरान भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार