दशैं मनाउन २५ लाख गाउँ फर्केपछि काठमाडौं सुनसान [फोटोफिचर]
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार २२:३१:०
२० असोज काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैँ मान्न धेरै जसो सर्वसाधारणले काठमाडौं छोडेपछि सधैं भिडभाड र अस्तव्यस्त देखिने राजधानीका सडक केही दिनदेखि भने सुनसान देखिएका छन्।
दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका हुन्। दशैंको सप्तमी, अष्टमीका र नवमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखिएको छ ।
सडकमा केही दिनदेखि भने सुनसान देखिएपछि सार्वजनिक सवारी पनि कम मात्रामा चलेका छन् गएको १५ दिनको अवधिमा काठमाडौं उपत्यका बाट करिव २५ लाख ४२ हजार यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी जानकारी दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार ठूलो संख्यामा यात्रु बाहिरिए पनि दशैं मनाउन विभिन्न जिल्लाबाट गरेर १० लाख ९५ हजार सर्वसाधारण काठमाडौं भित्रिएका छन् ।
उपत्यकाबाट धेरै मानिस बाहिरिएकोले नै राजधानी सुनसान देखिएको हो। अरु बेला ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने सडकहरुमा चाप कम भएपछि ट्राफिक प्रहरीलाई पनि सजिलो भएको छ।
यता केही दिन अघि दशैं मान्न घर जानका लागी टिकट काट्न रातीदेखि लाइन बस्दा नि पालो नपाइने गोंगबु बसपार्क धेरै मात्रामा यात्रु बाहिरिए पछि दशैंको नौ दिन दिनभर जसो सुनसान भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार