संस्कारबिहिन निजामति प्रशासनः चीनका राष्ट्रपति सी जीनपिङको भ्रमणमा जे देखियो
नेपालबहस संवाददाता
असोज २६, २०७६ आइतबार १९:४५:३४
२६ असोज, काठमाडौं । निजामति कर्मचारीलाई पञ्चायतकालमा झैं चीनका महामहिम राष्ट्रपति सी जीनपिङको स्वागत गर्न उर्दी जारी गरियो, जसमा औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने प्रावधान थियो । त्यही प्रावधान बमोजिम निजामति कर्मचारीहरु सरकारको निर्णयबारे आक्रोश पोख्दै स्वागतमा उपस्थित भए ।
झण्डा समात्दा कम्मरमूनि राखिनु हुँदैन भन्ने जस्तो विषयमा पनि उनीहरुको ज्ञान देखिएन । उर्दीमा उपस्थित हुँदा शर्टको माथिल्लो टाँक लगाउनुपर्छ भन्ने सामान्य शिष्टाचार पनि उनीहरुले पालना गरेको देखिएन । वर्षको रु १० हजार रुपैंया बराबरको लुगाभत्ता बुझ्ने कर्मचारीहरुले कोट पनि तोकिएको रंग भन्दा बाहिर गएर पहिरन गरेको देखियो ।
बलजफ्ती उपस्थित हुँनुपर्दा उनीहरु गाईजात्रे पारामा उपस्थित भएका थिए । उर्दीमा उपस्थित हुनुपर्दा के के मर्यादाहरु पालन गर्नुपर्छ भन्ने ज्ञान समेत नभएका निजामति कर्मचारीहरु स्पोर्ट जुत्ता समेत लगाएका भेटिन्थे । उर्दीको बेलामा कालो रँगको छालाको जुत्ता लगाउनुपर्दछ भन्ने सामान्य ज्ञान पनि नेपालको निजामति प्रशासनमा कही कतै पनि देखिएन । कोट लाउँदा टाँक लगाउनु पर्छ भन्ने सामान्य ड्रेसकोडका बारेमा पनि उनीहरु अनभिज्ञ देखिएका थिए ।
दुई देशको झण्डा बोक्दा आफ्ना देशको झण्डा कुन हातमा राख्नुपर्छ र पाहुना देशको झण्डा कुन हातमा राख्नुपर्दछ भन्ने ज्ञान पनि उनीहरुमा देखिएको थिएन । झण्डा समात्दा कम्मरमूनि राखिनु हुँदैन भन्ने जस्तो विषयमा पनि उनीहरुको ज्ञान देखिएन । उर्दीमा उपस्थित हुँदा शर्टको माथिल्लो टाँक लगाउनुपर्छ भन्ने सामान्य शिष्टाचार पनि उनीहरुले पालना गरेको देखिएन । वर्षको रु १० हजार रुपैंया बराबरको लुगाभत्ता बुझ्ने कर्मचारीहरुले कोट पनि तोकिएको रंग भन्दा बाहिर गएर पहिरन गरेको देखियो ।
साराँशमा भन्नुपर्दा चीनका महामहिम राष्ट्रपति सी जीनपिङको भ्रमणमा नेपालको निजामति प्रशासन कति अशिष्ट, अव्यवस्थित र संस्कारबिहिन रहेछ भन्ने विषय छताछुल्ल भएर भुईमा सबैले थाहा पाउने गरी पोखिएको छ ।
स्वागतमा उभिंदा परिचय पत्र कसरी झुुण्ड्याउन पर्छ भन्ने ज्ञान पनि निजामति प्रशासनका कर्मचारीहरुमा रहेको पाइएन । स्वागतका लागि पंक्तिमा उभिंदा वरिष्ठ र कनिष्ठको मर्यादा पालन गरिएको पनि पाइएन । पंक्तिमा उभिंदा पंक्तिकोे मर्यादा कायम गरेको पनि देखिएन । महामहिम राष्ट्रपतिको सवारी हुँदै गर्दा निजामति प्रशासनका अधिकांश कर्मचारीहरु छरपष्ट रुपमा छरिएर बसेका थिए । सवारीको समानान्तरमा पंक्तिबद्ध भएर बस्नुपर्दछ भन्ने सामान्य शिष्टाचार पनि उनीहरुमा देखिएन । कसैले टोपी लगाएका थिए, कसैले दौरासुरुवाल लगाएका थिए, कोही टाईसुटमा थिए, कोही ज्याकेट लगाएर उपस्थित भएका थिए ।
विशिष्ट पाहुनाको स्वागतमा पंक्तिबद्ध हुँदा पालन गरिनुपर्ने अदव के हो भन्नेमा निजामति प्रशासनका कसैमा केही मतलव थिएन । स्वागतमा उभिंदा एक जना र अर्को जना बीच कायम गरिनुपर्ने दुरीमा त झन भद्रगोलको अवस्था थियो । साराँशमा भन्नुपर्दा चीनका महामहिम राष्ट्रपति सी जीनपिङको भ्रमणमा नेपालको निजामति प्रशासन कति अशिष्ट, अव्यवस्थित र संस्कारबिहिन रहेछ भन्ने विषय छताछुल्ल भएर भुईमा सबैले थाहा पाउने गरी पोखिएको छ ।
देशको नै बेइज्जत हुने गरी निजामति प्रशासनको सडकमा जुन उपस्थिति भयो त्यसलाई भविष्यमा सुधार गर्नु जरुरी भईसकेको छ । यसका लागि नेपालका निजामति कर्मचारीहरुलाई उर्दीमा उपस्थित हुँदा के कस्ता शिष्टाचारहरु पालन गर्नुपर्दछ, डे्सकोड कसरी पालना गर्नुपर्दछ भन्ने बारेमा परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाबाट एक महिने तालीम लिन जरुरी छ । यस्तो उच्छृँखल, अमर्यादित र अशिष्ट निजामति प्रशासनलाई यसरी छाडा छोड्नु देशको हितमा छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार