दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समिति चयन
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १६:१०:४९
१ कात्तिक, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति गठन गरिएको छ । विसं २०३७ असोज १२ गते स्थापना भएको उक्त क्याम्पसको बिहीबार सम्पन्न तेस्रो क्याम्पससभाबाट देवीप्रसाद रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा दुर्गाजयन्ती राई, सदस्यमा कुमार आचार्य, बीणादेवी राई, टङ्क थापा, सुमानबाबु आचार्य, ललितकुमार राई, रामचन्द्र राई र झुलेन्द्र विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । रिजाल क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।
चार मनोनित र आठ पदेन सदस्य भने पछि थप गर्नेगरी समिति गठन गरिएको छ । तेस्रो क्याम्पससभाको अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष, पूर्वक्याम्पस प्रमुख एवम क्याम्पस स्थापना गर्न महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । उनीहरुलाई सांसद विशाल भट्टराईले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको क्याम्पस प्रमुख हरिकुमार राईले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार