अमेरिकालाई चुनौती दिँदै हुवावेको ध्यान दक्षिणपूर्वी एशियाली मुलुकहरुमा केन्द्रित
नेपालबहस संवाददाता
कात्तिक १८, २०७६ सोमबार १६:४२:३३
१८ कार्तिक, काठमाडौं । चीनको विशाल दुरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एशियाली मुलुकहरुमा तीव्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो ।
अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुवै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ ।
थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।”
दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तीव्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
समयतालिकाअनुसार नै सीओसी अघि बढ्दै : ली ख छ्याङ
उता चीनका प्रधानमन्त्री ली ख छ्याङले चीन र आशियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताएका छन् ।
उनले आइतबार थाइल्याण्डको बैंककमा चीन र आशियान राष्ट्रका सदस्यहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताएका हुन् ।
गत वर्ष उनले तीन वर्षभित्र दक्षिण चीन महासागर कारवाही नियम (सीओसी) सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । करिब एक वर्षको छोटो समयमा विभिन्न पक्षहरूले निर्धारित समय अगावै पहिलो चरणको कार्य सिध्याएर दोस्रो चरणको कार्य आरम्भ गरेका छन् ।
विभिन्न पक्षहरूले निर्धारित समयतालिकाबमोजिम सक्रियताका साथ आपसी छलफललाई अघि बढाएर सन् २०२० को अन्त्य हुनुअघि दोस्रो चरणको कार्यलाई सिध्याउन सक्ने आशा पनि उनले व्यक्त गरे । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार
आज वसन्त पञ्चमीः देशभर सरस्वतीको पूजा गरिँदै
माघ २१, २०८१ सोमबार