माधव नेपालको बढ्दो छटपटी, जिल्ला नेता र कार्यकर्ताले पनि साथ छोड्ने संकेत
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार २०:४०:४
२० कार्तिक, काठमाडौं । झण्डै डेढ दशक नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्व तहमा रहेका नेता माधवकुमार नेपालको पछिल्लो अवस्था दयनीय र टिठ लाग्दो बन्न पुगेको छ । पार्टी महाधिवेशन र संसदीय दलको निर्वाचनमा खड्गप्रसाद ओलीको बोलीरुपी गोली चलेपछि माधवको हालत हेर्न लायक बन्न पुगेको छ ।
हिजोसम्म पार्टीमा एकलौटी रजगज गरेका उनी अहिले पानी बिनाको माछाको हालतमा छटपटाउन थालेका छन् । पूर्वमाओवादी पक्षसँग एकता प्रकृया सुरु भएपछि त उनको हालत अझै नाजुक भएको छ ।
एकता प्रकया थालिएपछि उनी हरेक पल कमजोर बन्न थालेका छन् । पूर्वमाओवादी पक्षसँग एकता थालिएपछि स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सबैभन्दा उपल्लो निकाय सचिवालय बैठकमा उनी एक्लो र निरिह हुन थालेका छन् ।
सचिवालय बैठकमा फगत साक्षी किनारा सदर बन्ने स्थिति आएपछि आफ्नो भूमिका बदल्ने कसरतमा उनी लागेका छन् । गएको सोमबारको सचिवालय बैठकमा उनको सिफारिशमा एकजना पनि प्रदेश प्रमुख नियुक्त हुने अवस्था नआएपछि उनी छटपटाउन थालेका छन् ।
सात जना प्रदेश प्रमुख मध्ये ओलीले चार जना र पुष्पकमल दाहाल प्रचण्डले तीन जनाको नाम पारित गराएपछि माधव फाल्तु जोकरको हैसियतमा खुम्चिएका छन् । आफ्नो प्रस्तावमा कुनै छलफल नै नगरी एकलौटी निर्णय भएपछि उनले असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ज गराए । यसअघिको सचिवालय वैठकमा समेत उनको हालत यस्तै भएको थियो । पार्टी भित्रको वरिष्ठता खोसिएपछि उनले गरेको प्रतिवाद कसैले साथ नदिई टाई–टाई फिस्स भएको थियो ।
छलफलमा नेता नेपालको कार्यशैलीको पनि चर्काे विरोध भएको स्रोत बताउँछ । माधव कम्रेडको अडान फिलतो हुँदा ओली पक्षधर हावी भएका हुन् – ती नेता भन्छन् विगतमा आफ्नो माग पूरा हुने वित्तिकै उनले अडान छाड्ने गर्नु भएकाले नै यो अवस्था आएको हो ।
पार्टी भित्र यस्तो नाजुक अवस्था निर्माण भएपछि माधवलाई उनी निकट नेताहरुले पनि विस्तारै साथ छाड्ने अवस्था आउने हो की भन्ने त्रासले पनि सताउन थालेको छ । त्यसैले उनी आफ्नो पकड र हैसियत बढाउन कसरी प्रस्तुत हुने भनेर निकट नेताहरुसँग श्रृङ्खलावद्ध छलफलमा जुटेका छन् । हिजो मंगलबार उनले दुई चरणमा यस्ता छलफल आयोजना गरे । निजी निवास कोटेश्वरमा उनले निकट नेताहरुसँग सम्वाद गरेका छन् ।
अब पार्टी बैठकमा ओलीको एकलौटी विरुद्ध जेहाद छेड्नुपर्ने सुझाव निकट नेताहरुले दिएको स्रोतको दावी छ । तर कसरी अघि बढ्ने भन्ने विषयमा भने यकिन गर्न भने बाँकीनै रहेको स्रोतको दावी छ ।
रणनीति भने अब परिवर्तन गर्नै पर्छ, नत्र ओलीले एकलौटी गर्ने र एकथरि नेता कार्यकर्तालाई पाखा पार्ने अवस्था निर्माण गरिंदैछ – नेपाल निकट एकजना नेताले भने । ओलीले आफ्ना कुरा नसुन्ने हो भने पार्टी वैठक बहिष्कार गर्नेसम्मको रणनीति अख्यिार गर्ने की भनेर पनि छलफल भएको उनले बताए ।
अहिले जस्तै केवल देखाउनका लागि मात्रै नोट अफ डिसेन्ट लेख्नुको अब कुनै तूक छैन । साथै यसरी चूपचाप बस्ने हो भने हामीप्रति आस्थावान नेता कार्यकर्ता पनि लाखापाखा लाग्न सक्छन्, त्यसैले कडा ढंगले प्रस्तुत हुनुपर्ने धेरैको राय थियो
तर कसरी जाँदा उपयुक्त हुन्छ भनेर जिल्ला तहका नेतासँग सम्वाद गरेपछि मात्र अगाडि बढ्दा उपयुक्त हुने ठहर बैठकले गरेको छ । साथै छलफलमा नेता नेपालको कार्यशैलीको पनि चर्काे विरोध भएको स्रोत बताउँछ । माधव कम्रेडको अडान फिलतो हुँदा ओली पक्षधर हावी भएका हुन् – ती नेता भन्छन् विगतमा आफ्नो माग पूरा हुने वित्तिकै नेपालले अडान छाड्ने गर्नु भएकाले नै यो अवस्था आएको हो ।
अब भने उनले यो प्रवृत्ति छाड्नु पर्छ, अनि मात्र ओली प्रवृत्तिसँग लड्न सकिन्छ । पार्टी भित्र अन्तरसंघर्ष बढाउनुको विकल्प छैन, आगमी महाधिवेशनसम्म नै जारी राख्नु पर्ने अवस्था छ – ती नेताले भने ।
अन्तरपार्टी संघर्ष गर्दा सुनुवाई भएन भने वहिष्कार पनि गर्नुपर्ने सुझाव दिइएको छ । अहिले जस्तै केवल देखाउनका लागि मात्रै नोट अफ डिसेन्ट लेख्नुको अब कुनै तूक छैन । साथै यसरी चूपचाप बस्ने हो भने हामीप्रति आस्थावान नेता कार्यकर्ता पनि लाखापाखा लाग्न सक्छन्, त्यसैले कडा ढंगले प्रस्तुत हुनुपर्ने धेरैको राय थियो – उनले भने ।
र याे पनि हेर्नुहाेस…
ओलीको स्वास्थ्य, सरकार र नेकपाको परिदृश्य
नेकपा भित्र भुसको आगो, माधव नेपाल नयाँ प्रमको तयारीमा
अधिनायकवादी ओलीका अगाडि निरिह माधव
माधव नेपालको नेतृत्वमा ने क पा टुक्रिँदै छ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार