परिस्थिति, भोगाई र अनुभवबाट पनि पाठ सिक्न नसकेका नेताहरू
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ शनिबार १९:७:२१
‘ठूला’ पार्टीहरूमा तिलश्मी ढङ्गले तुच्छ कलह मच्चिरहनु अब नियमित आकस्मिकता भएको छ । नेताहरूको तुच्छता त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महरा चरित्र र कांग्रेसमा आलम चरित्रले चित्रण गर्छ । उता राप्रपातिर मूसा प्रवृत्ति र सिद्धातहिनताको हर्कत नै राजनीतिक सकृयता भइरहेकै छ । मधेशवादी दलको त के कुरा गर्ने ! उनीहरूको जन्म नै परायाको दासत्वका लागि भएजस्तो लाग्छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसभित्र पन्पिरहेका कलहहरू सैद्धान्तिक द्वन्द्व होइनन्, न त जनतालाई सुविस्ता दिने होडवाजीका क्रममा पैदा भएका हुन् । यी पार्टीभित्र जनताले भोगेका कमी, कठिनाई र आवश्यकताबारे कहिल्यै एजेण्डाका रुपमा छलफल नै भएन । भ्रष्टाचारबाट मुलुकलाई मुक्त राख्न पार्टीहरूमा शुद्धीकरणको लागि निर्ममतापूर्वक देशब्यापी अभियान चलाउनुपर्नेमा कहिल्यै सोचिएन । जङ्गबहादुरको पुनरावृत्तिका होडवाजीमा देखापरेको कोतपर्वको मानसिकताका साथ अन्त्यहिन संघर्ष चलिरहेको छ । कलहले गैरजिम्मेवारी र पतनशीलता नाप्ने डिग्रीको काम गरेको छ ।
नेपाली कांग्रेसजस्तो ठूलो, जेठो र जिम्मेवार लोकतान्त्रिक पार्टी यतिखेर नेतृत्व कब्जाको लागि निर्लज्जतापूर्वक महाभारत मच्चाइरहेको छ । यो यस्तो शक्ति–संघर्ष हो, जसमा शरम र नैतिकता त्यागिएको छ । यसले अराजकतावादी तथा कानुन हातमा लिन खोज्नेको हौसला निकै बढाएको छ भने स्वस्थ राजनीति खोज्ने निष्ठावान् कांग्रेसजनलाई दुःखी र निराश बनाएको छ ।
देउवा चारपटक प्रधानमन्त्री भए । फुटेको नेपाली कांग्रेस नै सही, उनी त्योसहित दोस्रोपटक सभापति भइसकेका छन् । रामचन्द्र पौडेलले सरकारतिर प्रधानमन्त्री र पार्टीतिर सभापतिबाहेकका सबै पद, लाभ र सुविधा पाईसकेका छन् । जीवन व्यवस्थित र बन्दोबस्तपूर्ण बनाईसकेका छन् । अन्य नेताहरूले पनि आफ्नो हैसियत, शान, मान र समृद्धि हासिल गरेका छन् । उनीहरू त एउटा उचाईमा पुगेर जुँगाको लडाईँ गरिरहेका छन्, यसमा कार्यकर्ताले किन सामेल हुने ?
सैद्धान्तिक दृष्टिले हेर्न खोज्दा पनि नेपाली कांग्रेसको झगडा, ‘लोकतान्त्रिक गणतन्त्र’का रित्ता ढ्वाङ्हरूको शक्तिशाली हुने अन्धो आकांक्षाबाट लक्षित देखिन्छ । सभापति र वरिष्ठ नेताका दुबैतिर मन्थरावृत्ति गर्नेहरूको कमी छैन । एक्काइसौँ शताब्दीका ‘मन्थराहरू’ हावी हुनाले विग्रहले उग्ररूप लिँदै गएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल कुनै बिन्दुमा पनि मिल्न नसकुन् भन्ने नियतले मन्थराहरू जब सल्बलाए त्यसपछि न्यानोको लागि देउवा र रामचन्द्रले जोरेको आगोमा जहरिलो घिऊ हाल्न पुगे । यस अतिरिक्त चुनावमा कहिल्यै पनि ‘रूख’मा भोट नदिएर ‘टिन’, ढ्याङ्ग्रो, भ¥याङ्, पुतलीजस्ता चुनाव चिन्हमा भोट हाल्दैआएका ‘कांग्रेस’ अनुहारहरू पनि झगडा चर्काउने कारकका रूपमा देखिएका छन् । कोही पौडेल एण्ड कम्पनीपट्टी त कोही देउवापट्टी छन् ।
वि.सं. २००४ सालदेखि आजसम्म नेपाली कांग्रेसका आन्तरिक झगडाहरू हेर्दै ल्याऔँ, ती प्रत्येक झगडाका एउटा पक्षमा कोइरालाहरू नै पर्दै आएका छन् र सबैजसो झगडामा कोइराला पक्षकै जीत हुँदै आएको छ । यो विवाद र तानातानमा कोइरालाहरूले पार्टी सभापतिमा आफ्नै परिवारको सदस्य र पदाधिकारीहरूमा आफ्नै अनुकूलका ‘एसम्यान’ लाई जिताउने रणनीति बनाउँदै छन् । यी झगडामध्ये बीपीले पार्टीमा गर्नुभएको आन्तरिक द्वन्द्वलाई पारिवारिक बर्चश्वका लागि भन्न मिल्दैन । किनकि उहाँ अर्कै खालका नेता हुनुहुन्थ्यो र उहाँ सरिक हुनुभएको द्वन्द्वमा न्याय स्थापनाको चेष्टा थियो, तुक र तर्क पनि थियो ।
कोठेशक्ति चलाउँदै र ओठेभक्तिमा रमाउँदै आएका पौडेललाई सबैको साझा सभापति भएर विशाल पार्टी चलाउनु पर्ने अवस्था आएछ भने पनि एउटा समस्या भइदिने छ, जो आज सभापति देउवा सिंगो पार्टीको सभापति होइन, एउटा पार्टीको ६० प्रतिशत सभापतिको अभ्यास गरिरहेका छन् । उता ४० प्रतिशत भागबण्डा पाएका पौडेलहरूका लागि पनि सिंगो पार्टीको नेता हुनबाट खुम्चेर मात्र ४० प्रतिशतको नेतामा खुम्च्यायो ।
वास्तवमा अहिलेका सबैजसो नेताले राजनीतिबाट एउटा व्यक्तिले पाउनसक्ने अधिकतम् लाभ लिइसके । देउवा चारपटक प्रधानमन्त्री भए । फुटेको नेपाली कांग्रेस नै सही, उनी त्योसहित दोस्रोपटक सभापति भइसकेका छन् । रामचन्द्र पौडेलले सरकारतिर प्रधानमन्त्री र पार्टीतिर सभापतिबाहेकका सबै पद, लाभ र सुविधा पाईसकेका छन् । जीवन व्यवस्थित र बन्दोबस्तपूर्ण बनाईसकेका छन् । अन्य नेताहरूले पनि आफ्नो हैसियत, शान, मान र समृद्धि हासिल गरेका छन् । उनीहरू त एउटा उचाईमा पुगेर जुँगाको लडाईँ गरिरहेका छन्, यसमा कार्यकर्ताले किन सामेल हुने ? त्यसैले यी झगडियाहरू, झगडाले गर्दा नै कमजोर भए र पार्टीले चुनावमा जनताबाट जिते पनि यिनीहरूकै कारण पराजित मनस्थितिमा पु¥याइरहेका छन् । तसर्थ मध्यमार्गी र एकतावादीहरू यतिबेला सबभन्दा प्रभावशाली र बलिया देखिएका छन् ।
पार्टीका ‘मठाधीश’ हरूले अहिले चलाएको झगडाले पार्टीले पाएको उपलब्धी र गौरवलाई मुर्च्छित पर्ने गरी लात हानेको रूप देखा पर्दैछ । यही झगडाले गर्दा ०७४ को तीनै तहको निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षमा पुगेको हो । जनमत कांग्रेसतिर आकर्षित नै छ, तर त्यसका नेताहरू कुकुर र बिरालाको झगडा झिकेर जनमतलाई लत्याउने गर्दछन् ।
निष्ठाको राजनीति गर्नेहरू मूल्य र मान्यताको लागि लड्दछन् । तिनीहरूको लडाईँ आदर्शले प्रेरित हुन्छ । नेपाली समाज रामायाण र महाभारतका आकाश–पातालको अन्तर र मान्यता बुझेको जनसमुदाय हो । रामायणको मान्यता छ, राज्यका निम्ति दाजुभाइ आपसमा नलड्ने । तर महाभारतको मान्यता हो राज्यका निम्ति दाजुभाइ नलडी नछोड्ने । रामायणमा सम्बन्ध जोड्दै जाने र जोडेका सम्बन्धहरूलाई घनिष्ट बनाउँदै जाने प्रयत्न हुन्छ । राम र हनुमानको भेट, हनुमानको भक्ति प्रकट, राम र सुग्रिवको मितेरी, सबरीजस्ती एकल र दलित महिलाको आतिथ्यमा रमाउने राम चरित्र रामायणमा छ । महाभारतमा भइरहेको सम्बन्ध पनि तोडिएर शत्रुतामा परिणत हुन्छ । कौरव र पाण्ड दाजुभाई भए पनि शत्रु भएर लडाईँ गर्छन् ।
रामायणमा देवर लक्ष्मण र अन्य भाइहरूले भाउजु सीतालाई आमासरहको सम्मान र सेवा गर्दछन् । महाभारतमा भाउजु द्रौपदीलाई देवर दुर्योधनले आफ्नो राजसभामा घिच्याउँदै ल्याउन दुसासनलाई लगाएर रजश्वला भएकी भाउजुको हुर्मत लिन सारी तान्न लगाउँछन् । आजको शासनमा पनि त्यस्तै चीरहरण गर्ने दुसाशन भइरहेको छ ।
आज फुट्नबाट बचेको कुनै पार्टी छैन । सबभन्दा आश्चर्य त कांग्रेसमै छ अहिले । पार्टीको गत महाधिवेशनमा र पोहोर पुसदेखि जनजागरण अभियान चलाउँदा त्यस पार्टीप्रति नयाँपुस्ता वा युवा वर्गले देखाएको अत्यधिक समर्थनबाट अन्य पार्टीहरू पनि हच्केका थिए । कांग्रेसले विगतमा जनताको विश्वास जित्यो र निर्वाचन जितेकै हो । तर पार्टीका ‘मठाधीश’ हरूले अहिले चलाएको झगडाले पार्टीले पाएको उपलब्धी र गौरवलाई मुर्च्छित पर्ने गरी लात हानेको रूप देखा पर्दैछ । यही झगडाले गर्दा ०७४ को तीनै तहको निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षमा पुगेको हो । जनमत कांग्रेसतिर आकर्षित नै छ, तर त्यसका नेताहरू कुकुर र बिरालाको झगडा झिकेर जनमतलाई लत्याउने गर्दछन् । जनताले समर्थन गरेको ब्यर्थमा फालेर स्वार्थको झगडाले कांग्रेसलाई थला पार्दैछ ।
नेताहरूको स्वार्थी झगडाले पार्टीको प्रतिष्ठा र लोकप्रियता त खस्किन्छ नै कार्यकर्ताहरूमा वितृष्णा, निराशा र पलायन पनि बढेर आउन थाल्छ । यतिसम्म हुँदा पनि पार्टीहरूमा चेत नफिर्नु र मति नसुध्रिनु झन् खेदजनक परिस्थिति हो । झगडिया नेताहरूका जिउमा सिंग–जुरो पलाउला तर बुद्धिबङ्गारो पलाउने भएन ।
कांग्रेसका यी झगडियाले बनाएर बनेको होइन यो पार्टी । राजनीति मर्दले कमाइदिने नामर्दले खाने कुरा हो भनिन्छ । ‘मर्दहरू’ ले इतिहास निर्माण गरिदिएको पार्टीका आँगनमा आज नामर्दहरूको रत्यौली चलिरहेको छ । पार्टीको एघारौं महाधिवेशनले ‘राजतन्त्र निरपेक्ष’ बाटो लिएर त्यसै साल माओवादीसँग मितेरी गाँसेको हो बाह्रबुँदे समझ्दारीका रूपमा । राजतन्त्र निरपेक्ष भएर सिद्धान्तच्युत हुनथालेको कांग्रेस अझैसम्म इतिहासले दिएको शिक्षा र अनुभवअनुरूप आफुलाई सच्याउन तयार देखिन्न ।
जुन परिवारमा सँधै घर–झगडा भइरहन्छ, त्यो घरका बालकहरूको मनोविज्ञान बिग्रेर तिनीहरू घर छोडी सडकमा पुग्दछन् । नेपालका पार्टीहरूमा त्यही हालत छ । नेताहरूको स्वार्थी झगडाले पार्टीको प्रतिष्ठा र लोकप्रियता त खस्किन्छ नै कार्यकर्ताहरूमा वितृष्णा, निराशा र पलायन पनि बढेर आउन थाल्छ । यतिसम्म हुँदा पनि पार्टीहरूमा चेत नफिर्नु र मति नसुध्रिनु झन् खेदजनक परिस्थिति हो । झगडिया नेताहरूका जिउमा सिंग–जुरो पलाउला तर बुद्धिबङ्गारो पलाउने भएन । कोतपर्वको मानसिकताले गणतन्त्र चलाउन खोज्नु नै आजको सबभन्दा दुःखद पक्ष भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामी नेपालीहरु राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि चुक्दै गएका त छैनौँ ?
मंसिर १८, २०८१ मंगलबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार