खाद्य व्यवस्थाले ३० हजार मेट्रिक टन धान खरीद गर्ने
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बिहिबार १:४९:२७
२७ कार्तिक, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको जानकारी गराए । गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरीद गरेको थियो ।
“प्रारम्भिक चरणमा हामीले ३० हजार मेट्रिक टन धान खरीद गर्ने निर्णय गरेका छौँ”, उनले भने, ‘‘उक्त धान खरीद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरीद गर्ने भनेर निर्णय गर्दछौँ ।” धान खरीद गर्नका लागि कम्पनीले महेन्द्रनगर, धनगढी, टीकापुर, राजापुर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, लहान, विराटनगर र विर्तामोडमा खरीद केन्द्र पनि सञ्चालन गरिसकेको उनले जानकारी दिए ।
कम्पनीले खरीद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थिरीकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ ।
यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ । मसिनो धानको मूल्य भने खरीद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्ने सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
न्यायाधीश प्रधानसँग जोडिएको कांग्रेस नेता ढुंगानाविरुद्धको रिटमाथि आज पनि सुनुवाइ भएन
मंसिर १९, २०८१ बुधबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
लुम्बिनीद्वारा विराटनगर सामु १९२ रनको लक्ष्य प्रस्तुत
मंसिर १९, २०८१ बुधबार
१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध मृत फेला
मंसिर १९, २०८१ बुधबार
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
मंसिर १९, २०८१ बुधबार
बीआरआइमा हस्ताक्षर, ऋण हो कि अनुदान ?
मंसिर १९, २०८१ बुधबार