बर्दियामा ताेकियाे धानकाे मुल्य, माेटाे धान प्रति क्वीन्टल दुई हजार ५३२ रुपैयाँ
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार १२:२४:५३
२८ कार्तिक बर्दिया । बर्दियामा धानको समर्थन मूल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा आज बसेको मूल्य निर्धारण समितिको बैठकले मोटा धान प्रति क्वीन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मकवानपुर धानको दुई हजार ७०० तोकेको हो ।
खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरले कात्तिक २८ गतेदेखि धान खरीद गर्ने भएको छ । मोटा धान तत्कालै खरीद हुने र मकवानपुर धान केही समय पछि खरीद हुने खाद्य ब्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरका प्रमुख रेवन्त्त रावलले जानकारी दिए । बर्दियामा राजापुर क्षेत्रमा मात्रै लगाइने मकवानपुर धान मोटा जस्तै भए पनि हरेक वर्ष यसको मूल्य मोटाभन्दा बढी हुने गरेको छ ।
सरकारले मोटा धानमै सूचीकृत गरेर सोही सरह मूल्य निधारण गरेको र जिल्लामा बसेको बैठकले मकवानपुर धानको रु दुई हजार ७०० निर्धारण गरेर कार्यान्वयनका लागि समर्थन लिन केन्द्रमा पत्रचार गरिएको प्रमुख रावलले बताए ।
केन्द्रबाट सकारात्मक कुरा आएको र अनुगमन गरी स्वीकृति दिने कुरा भएको पनि प्रमुख रावलले बताए । अहिले बजारमा व्यापारीले मोटा धान प्रति क्विन्टल रु दुई हजार २०० र मकवानपुर धान रु दुई हजार ४५० मा किसानहरुसँग खरीद गरिरहेका छन् ।
सरकारको नीति अनुसार खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि. राजापुरले किसानसँग धान खरीद गरी त्यसलाई प्रशोधन गरी खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गर्ने गरेको छ । संस्थानको ६० हजार क्वीन्टल धान भण्डारण गर्ने क्षमता छ । गत वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य रहे पनि तीन हजार ३० क्विन्टल मात्रै खरीद गर्न सकेको थियो ।
यस वर्ष भने ४५ हजार हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य रहेको छ । जनशक्ति व्यवस्थापन गर्न सकेको अवस्थामा किसानलाई पायक पर्ने अन्य ठाउँमा खरीद केन्द्र स्थापना गर्ने प्रमुख रावलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार