प्रदेश २ मा रहेका पर्यटकीय स्थलहरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार २१:३२:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Janakpur_wzV1dYifH5.jpg)
संगीता रेग्मी
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट शुभारम्भ गरिएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेको हो । नेपाल भूपरिवेष्ठित देश भएकोले यहाँ पर्यटकको आगमनलाई सहज हुने देखिन्छ । हाम्रा दुई छिमेकी मुलुक चीन र भारतका पर्यटकहरुलाई मात्र लोभ्याउन सके पर्यटक वर्षलाई सफल बनाउन सहज हुन्छ ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले यसको शुभारम्भ गरे । सरकारले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने हिसाबले २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर) घोषणा गरी थालेको अभियान विधिवत् सुरू भएको हो । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी योजनाका साथ यो अभियान प्रारम्भ गरिएको हो ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजित एक भव्य समारोहबीच प्रदेश सरकार र नेपाल सरकारका प्रतिनिधिको उपस्थितिबीच शुभारम्भ गरिएको हो । मन्त्री भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश रायले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरे । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ नेपालकै पवित्र भूमि जनकपुरधामबाट हुनु अत्यन्तै हर्षको विषय हो । यो अनुभूति मन्त्री भटराईले पनि प्रकट गरे । प्रदेश २ को कला, संस्कृति, सभ्यतालाई धार्मिक केन्द्रको हबको रूपमा विकास गर्न सकियो भने सम्पूर्ण नेपालको विकास गर्न सहज हुने अभिप्रायका साथ अभियानको सुरूवात जनकपुरबाट गरिएको हो ।
प्रदेश २ मा सयांै धार्मिक तथा पर्यटकीय स्थल रहेकाले यस्तो अभियानले यसलाई देशबाहिरका पर्यटकसँग जोड्न मद्दत पुग्नेछ । पर्यटनको प्रचुर सम्भावना बोकेको प्रदेशमा पर्यटन संस्कृतिको विकास गर्न नसकेकाले सोचे अनुरूप यसको फाइदा उठाउन नसकिएकै हो तर अब रामायण सर्किटको माध्यमबाट बर्सेनि हजारौं पर्यटक भित्रयाउनु आवश्यक छ ।
हिन्दू धर्मावलम्बीको प्रमुख धार्मिकस्थल रामायण, बुद्ध सर्किटजस्ता पुरातात्विक तथा ऐतिहासिक मौलिकता बोकेको स्थानलाई किटान गरी पर्यटन प्रवद्र्धनलाई बढाबा दिन सकिन्छ । पर्यटन करिडोर तोकेर र जनकपुरधाम, पशुपति, मुक्तिनाथ, मनकामनाजस्ता धार्मिक महत्वका स्थललाई जोडेर भारतलगायत विश्वका हिन्दूलाई यहाँ ल्याउन सकिए देशको आर्थिक विकासको मुहान फुटाउनु सकिन्छ ।
तर यसका साथै सफा, सुन्दर, स्वच्छ वातावरण आवश्यक हुनुपर्छ । पर्यटक जनकपुर आउँदा यहाँको फोहोर र दुर्गन्धले भाग्नु नपरोस् भन्ने अवस्थाको सृजना गरिनुपर्छ । यसका साथै जनकपुर मिथिला र मैथिली संस्कृति र सभ्यता प्राचीनकालदेखि नै अग्रणी स्थानमा रहेकाले मिथिलाको गौरव गाथा उजागर गर्ने दायित्व यहाँको सरकारको रहेको छ ।
यता भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चरल’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकतामा राखेका छन् । धार्मिक, सांस्कृति र पर्यटकले परिचित रहेको प्रदेश २ पनि सरकारको प्राथमिकतामै पर्छन् । तर, भ्रमण वर्ष सुरू हुन् करिब दुई महिना मात्र बाँकी भए पनि प्रदेश २ मा यसको कुनै सुरसार देखिएको छैनन् ।
पर्यटकको मुख्य आकर्षण केन्द्र मध्ये एक रहेको जनकपुरसहित प्रदेश २ मा भने भ्रमण वर्ष तयारीको चहलपहल शून्य छ । अन्य पर्यटकीय ठाउँमा भ्रमण वर्षको प्रचारप्रसार सुरू भए पनि यहाँ न तयारी छ, न त सरोकारबला निकायलाई जानकारी नै । स्थानीय सरकारदेखि सरोकारवाला सबै बेखबर छन् ।
यस्ता अभियानलाई निरन्तरता दिनुपर्छ । सरकारले लक्ष्य लिनु राम्रो हो । तर आवश्यक पूर्वधार पनि बनाउँदै जान आवश्यक छ । हवाईजहाजबाहेक सडकमार्गबाट पनि धेरै पर्यटक प्रदेश २ मा भित्र्याउन सकिन्छ । तर भारतीय ल्याउन पनि प्रदेश २ सँग जोडिएका सडकको अवस्था नाजुक छ । पूर्वाधारको चुनौती एकातिर छँदै छ अर्काेतिर जनशक्तिको गुणस्तर र दक्ष जनशक्तिको अभाव पनि देखिन्छ ।
होटललगायत पर्यटनका अन्य क्षेत्रमा आवश्यक जनशक्तिको अभाव छ । पर्यटकलाई दिने सेवा तथा सुविधा र सेवाहरू पनि उपलब्ध नहुँदा त्यसले झन् नराम्रो असर पार्छ । प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिनु जरूरी छ । अनि मात्र नेपाल भ्रमण वर्ष सफल हुन सक्छ ।
प्रदेश सरकारले प्रदेशका पर्यटकीय तथा धार्मिकस्थलहरुलाई प्राथमिकतामा राखेको अभिव्यक्तिहरुमा मात्र देखिन्छ । प्रदेशको सबैभन्दा बढी पर्यटकको आकर्षणको केन्द्रको रुपमा ऐतिहासिक नगरी जनकपुरधामको अवस्था हेर्दा दिक्क लाग्छ । अहिलेको अवस्थामा केही सुधार आएपनि पर्यटकलाई लोभ्याउनेतिर सरकारको ध्यान पुगेको देखिँदैन । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी घोषणा भएदेखि विभिन्न किसिमका विकृत्तिहरु बढ्दै गएको छ ।
अहिले जनकपुरधाम नेपालकै सबभन्दा बढी महँगो ठाउँमा रुपमा देखा पर्न थालेको छ । त्यहाँका व्यापारीहरु अराजकझैं प्रस्तुत हुन थालेका छन् । प्रदेश सरकारले जनकपुरधाममा बढ्दै गएको महँगी, भौतिक संरचना लगायतका विषयमा विशेष ध्यान दिन जरुरी छ ।
यसैगरी प्रदेश २ अन्य धार्मिक तथा सांस्कृतिक धरोहरहरुको प्रचार प्रसारमा ध्यान दिएको छैन । रामायण सर्किट बनाउने घोषणा भइसकेको छ तर त्यहाँका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रचारमा सरकार अहिलेसम्म चुकिरहेकै छ । विगतमा मधेशलाई सरकारले थिचोमिचोमा पा¥यो, विभेद ग¥यो, अधिकार दिएन लगायतका कुराहरु यथार्थ हो तर, अहिले त शासन सत्ता त्यहींका जनप्रतिनिधिको हातमा छ । सांस्कृतिक धरोहरहरुको प्रचार प्रसार भइरहेको देखिँदैन ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश २ को मुख्य भूमिका रहन्छ । यसतर्फ केन्द्र सरकारको पनि ध्यान गएको छ । सायद त्यहीं भएर होला नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ सीता माताको जन्मभूमि जनकपुरधामबाट नै गरिएको हो । केन्द्र सरकारलाई प्रदेश सरकारले धन्यवाद दिनुपर्छ कि यस्तो कार्यको शुभारम्भका लागि जनकपुरधामलाई चुनियो । अब त्यसको विश्वव्यापी प्रचार प्रसार गर्ने जिम्मेवारी प्रदेश सरकारको हो । पहिला आफैले पहल गर्नुपर्छ । तसर्थ, भ्रमण वर्ष सफल बनाउन प्रदेश २ को ठूलो योगदान रहनेछ । (मधेश दर्पण फिचर सेवा)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
असार १६, २०८१ आइतबार
खोकनाको हिलोमा रमाए राजेश हमाल देखि विदेशी पाहुनासम्म ! [ फोटोफिचर ]
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
असार १८, २०८१ मंगलबार
ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार