हिँउद लागेपछि न्युमोनिया : बच्चा र पाकाहरूको बिमार
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शनिबार ०:३०:१९
डा. महेन्द्रबहादुर विष्ट
पूर्वमहानिर्देशक, स्वास्थ्य सेवा विभाग
हरेक वर्ष, खासगरी हिउँद याममा तापक्रम अति चिसो भएपछि नेपालमा न्युमोनियाको प्रकोप बढेर आउने गर्छ । नेपालमा खासगरी हिमाली वा उच्च पहाडी क्षेत्रका गाउँघर वा तराईका देहातमा चल्ने शीतलहरको प्रकोपस्वरुप न्युमोनियाबाट पाँचवर्ष मुनिका बच्चा र ६० वर्षमाथिका प्रौढहरू ज्यादा पीडित बन्नपुग्छन् । सन् २०१७ मा विश्वभरि ५ वर्षमुनीका ८ लाख ९ हजार बालबालिकाहरूको न्युमोनियाबाट मृत्यु भएको तथ्याङ्क विश्व स्वास्थ्य संगठन (WHO) ले दिएको छ । त्यस्तै तथ्याङ्क प्रौढ र बृद्ध उमेरका नरनारीहरूमा पनि छ । सबै उमेरका गरी ४० लाख मानिसको यसैका कारण निधन हुनेगरेको छ ।
गाउँघरमा घरभित्र बालिएको दाउरा र गोबरका गुँइठाबाट निस्किने धुँवा पनि न्युमोनिया उत्पन्न गर्ने कारक हुन्छ । ब्रोङ्काइटिस्, ब्रोङ्कियोटिसिस, दम आदि रोगले ग्रसित बिमारी पनि न्युमोनियाबाट थप पीडित हुनपुग्छन् । अज्ञात कारणले गर्दा पनि कहिलेकहीँ न्युमोनियाको प्रकोप देखापर्छ । शरीरको आन्तरिक स्थिति र बाह्य वातावरणका ३० वटा सम्भावित कारणले गर्दा न्युमोनिया लाग्नसक्छ ।
एक किसिमको परजीवी तत्व (पारासाइट) ले फोक्सोमा नकारात्क असर पु¥याउँछ, जसबाट ‘इओजिनोफिलिक न्युमोनिया’ को अवस्थामा पु¥याउँछ । औलो ज्वरोको परिणति पनि कहिलेकहीँ न्युमोनियाको रुपमा देखापर्छ । घाँटी, नाकलगायत स्वासप्रश्वास, रगत आदि विभिन्न माध्यम ब्याक्टेरिया (कीटाणु) हरू शरीरमा प्रवेश गरेर फोक्सोसम्म पुग्छन् र न्युमोनिया हुनसक्छ ।
पर्याप्त लुगाफाटो, खानपिन र शरीरलाई न्यानो दिने अन्य साधनको अभावमा यो बिमारले छिटो आक्रमण गर्छ । न्युमोनिया फोक्सोको सूजनसम्बन्धी अवस्थाजन्य समस्या हो, जुन ‘अल्भ्योली’ नामक फोक्सोमा हुने हावाका अतिसाना थैलीजस्ता प्वालमा संक्रमण (इन्फेक्सन) को असर पुगेपछि सुरु हुन्छ । धूमपान, अत्यधिक मद्यपान, शरीरको प्रतिरोध क्षमतामा ह«ास, प्यारालाइसिस्जस्ता बिमारका कारण लामो अवधिसम्म ओछ््यानमै आराम गर्न बाध्य मानिस, मिर्गौला वा कलेजोका दीर्घरोग न्युमोनियाका कारण वा लक्ष्यण हुनसक्छन् । यो बिमार भाइरस वा ब्याक्टेरिया (जिवाणु) बाट हुन्छ । प्रायः पाको उमेरका मानिसलाई सात प्रकारका भाइरस (जिवाणु) बाट न्युमोनिया हुन्छ । अन्य कारणमा परजीवी र ढुसीजन्य वा कवक (फङ्गी) आदिबाट पनि न्युमोनिया हुनसक्छ ।
‘फङ्गी’ बाट हुने न्युमोनिया सर्वत्र देखिँदैन, तर शरीरमा प्रतिरोध क्षमताको स्खलन भएर मानिस अति कमजोर, शिथिल र नातागत भएको अवस्थामा ‘फङ्गल न्युमोनिया’ लाग्नसक्छ, जस्तै एड्स् रोग लागेको मानिसलाई । एक किसिमको परजीवी तत्व (पारासाइट) ले फोक्सोमा नकारात्क असर पु¥याउँछ, जसबाट ‘इओजिनोफिलिक न्युमोनिया’ को अवस्थामा पु¥याउँछ । औलो ज्वरोको परिणति पनि कहिलेकहीँ न्युमोनियाको रुपमा देखापर्छ । घाँटी, नाकलगायत स्वासप्रश्वास, रगत आदि विभिन्न माध्यम ब्याक्टेरिया (कीटाणु) हरू शरीरमा प्रवेश गरेर फोक्सोसम्म पुग्छन् र न्युमोनिया हुनसक्छ ।
छाती दुख्ने, खोकी लाग्ने, अति थकान हुने, ज्वरो आउने, कसैकसैलाई वान्ता हुने, पाको उमेरकाहरूलाई भ्रान्ती र ऐँठन हुने स्थिति र सास फेर्न गाह्राे हुने अवस्था यो बिमारका सामान्य लक्ष्यण हुन् । तर यस्ता लक्ष्यण अरु बिमारका कारणबाट पनि हुने हुँदा चिकित्सक (फिजिसियन) को सल्लाह लिने र कफ जँचाउने वा एक्स रे गरेर हेर्ने अवस्था हुनसक्छ । ब्याक्टेरिया वा भाइरसको कारणले हुने न्युमोनियाका प्रायः एकै किसिमका लक्ष्यण हुन्छन् । तर पेट दुख्नु, पखाला लाग्नु, भ्रान्ती हुनु, बिग्रेको खकार आउनु आदि, अर्को कारणले हुने न्युमोनियाका लक्ष्यण हो ।
जाडोको समयमा चिसो पानीले नुहाउने वा चिसै पानी पिउने गर्नुहुँदैन । झन् अन्य बिमार वा शारीरिक कमजोरी भएका मानिसले चिसो पानीले नुहाउने ग¥यो भने न्युमोनियाले छिटै आक्रमण गर्नसक्छ । हिउँदको मौसममा तातो झोलयुक्त खानेकुरा अन्य खानाभन्दा बढी खानु उपयुक्त हुन्छ ।
न्युमोनिया बिमारको मूख्य कारणबारे पत्ता लगाउनु चिकित्सकीय चुनौतीको काम हो । न्युमोनिया भएको थाहा पाएरमात्र हुँदैन, त्यसको कारणलाई उपचारका सिलसिलामा उत्ति नै महत्व दिनुपर्छ । छातीको एक्स–रे र शरीरले देखाएका उपरोक्त लक्षणलाई आधार मानेर जाँच गरिन्छ । विश्वस्वास्थ्य संगठनले बालबालिकामा हुने न्युमोनियाको कारणबारे परिभाषित गर्दै खोकी, सास फेर्न गाह्राे, छिटोछिटो स्वास फेर्ने (स्याँस्याँ बढेको), चैतन्य तहको ह्रास आदि लक्ष्यणलाई आधार मान्ने मापदण्ड तोकेको छ । प्रौढहरूको हकमा इन्फ्लुइन्जाकै जस्ता लक्ष्यणलाई निदानको मोटामोटी मापदण्ड वा आधार मानिएको छ, तर इन्फ्लुएन्जा छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ । शारीरिक जाँचमा कहिलेकहीँ न्यून रक्तचाप तर मुटुको धड्कन उच्च हुनु, सास फेर्ने क्रिया सामान्यभन्दा छिटो हुनु, सास फेर्दा छातीभित्र कर्कश स्वर सुनिनु आदि लक्ष्यण पाउन सकिन्छ ।
न्युमोनियालाई संक्रमणभन्दा पहिले नै रोकथामको उपचार–उपाय पनि निकालिएको छ । यसको प्रतिरोधात्मक खोप (भ्याक्सिन) पनि छ ‘पीपीएस्भी’ नामको । खोपद्वारा जिवाणु (ब्याक्टेरिया वा भाइरस) बाट हुने न्युमोनिया, बच्चा वा प्रौढलाई संक्रमण हुनबाट बचाउन सकिन्छ । ६ महिनाभन्दा माथिका बच्चालाई हरेक वर्ष खोप दिएर न्युमोनियाबाट जोगाउने उपाय छ । प्रौढहरूको लागि ‘स्ट्रेप्टोकोकस न्युमोनिया भ्याक्सिन’ उपलब्ध छ ।
घरभित्रको प्रदूषण हटाउने, दाउरा वा गोबरका गुईँठा बाल्ने कार्यले विषाक्त धूँवा पैदा हुनेहुँदा यस्ता बस्तुको उपभोग सकेसम्म हटाउने, कम्तिमा छाती, पेट र शीरलाई चिसोबाट जोगाउने, धूमपान हटाउने, हात धुने स्वास्थ्य–संस्कारको विकास गर्ने, दूधे–बच्चालाई आमाको दूध चुसाउन नछोड्ने आदि मूख्य प्रतिरोधात्मक उपचार विधि हुन् । जाडोको समयमा चिसो पानीले नुहाउने वा चिसै पानी पिउने गर्नुहुँदैन । झन् अन्य बिमार वा शारीरिक कमजोरी भएका मानिसले चिसो पानीले नुहाउने ग¥यो भने न्युमोनियाले छिटै आक्रमण गर्नसक्छ । हिउँदको मौसममा तातो झोलयुक्त खानेकुरा अन्य खानाभन्दा बढी खानु उपयुक्त हुन्छ ।
विश्वमा हरेक वर्ष करिब ५० करोडको हाराहारीमा मानिस न्युमोनियाबाट पीडित हुन्छन् । न्युमोनिया भएपछि उपचारमा लापरबाही नै मृत्युको मूख्य कारण हो । उचित जाँच, औषधी र अतिरिक्त सेवा स्याहार पुगेमा यसबाट डराउनु पर्ने कारण छैन ।
उपचार, बिमारको मूख्य कारणका आधारमा हुनेगर्छ । सामान्य बिमारी छ भने प्रतिजैबिक (एन्टीबायोटिक) औषधीबाटै निको हुनसक्छ । एन्टीबायोटिक औषधिमा एमोक्सिलिन, डक्सिसाइक्लिन, क्लेरिथ्रोमाइसिन, एजिथ्रोमाइसिन वा एरिथ्रोमाइसिन टाइपका औषधी प्रचलित हुन्छन् । बिमारले निकै चापेको छ भने अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।
सुरुमै उपचार अपनाइयो भने खाने एन्टीबायोटिक औषधी, आराम, तातो झोलयुक्त खाद्य पर्याप्त उपचार हुनसक्छ । तर बिमारले धेरै चापेको छ र प्रौढ उमेरको मानिसलाई योभन्दा गहन उपचारको आवश्यकता पर्न पनि सक्छ । न्युमोनियाको प्रकार, स्वास्थ्यस्थिति तथा प्रतिरोध क्षमता र घरको वातावरण अनुसार नै बिमारीले घरैमा उपचार गर्नसक्ने वा अस्पताल भर्ना हुनुपर्ने बारे निर्णय बनाउन सकिन्छ । तर चिकित्सकको जाँच र सल्लाहबाट टाडै रहने गर्नुहुँदैन ।
न्युमोनिया शरीरको अवस्थाका साथै खानपान, रहनसहन, काम गर्ने ठाउँको वातावरण, मौसम आदि बाह्य कारणबाट आइलाग्ने बिमार हो । विश्वमा हरेक वर्ष करिब ५० करोडको हाराहारीमा मानिस न्युमोनियाबाट पीडित हुन्छन् । न्युमोनिया भएपछि उपचारमा लापरबाही नै मृत्युको मूख्य कारण हो । उचित जाँच, औषधी र अतिरिक्त सेवा स्याहार पुगेमा यसबाट डराउनु पर्ने कारण छैन । नेपालजस्तै विकासोन्मुख मुलुकहरूमा यसको प्रकोप ज्यादै देखिएको, तर बच्ने उपायबारे चेतनाको कमि हुनाले यसबिरुद्ध विश्वब्यापी जनचेतना बढाउने उद्देश्यले १२ नोभेम्बरको दिनलाई ‘विश्व न्युमोनिया दिवस’ घोषणा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामी नेपालीहरु राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि चुक्दै गएका त छैनौँ ?
मंसिर १८, २०८१ मंगलबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार